Friday, December 21, 2012

“सिक्वोया”- सबैभन्दा फास्ट कम्प्युटर

द्रुत गतिको तथा सबैभन्दा तिव्र गतिको कम्प्युटरको निमार्णको दौड विश्वमा जारी रहेको छ। र यो दौड कहिल्यै समाप्त हुदैन पनि। प्रविधिहरु दिनप्रतिदिन विकसित हुदै आइरहेका छन्। माइक्रोचिप्सहरु साना हुदै गइरहेका छन्। प्रोसेसरको गति तथा क्षमतामा वृद्धि हुदै गइरहेको छ।
तर अहिले अमेरिकाले विश्वको सबैभन्दा द्रुत गतिमा चल्ने कम्प्युटरको निमार्ण गरेको दाबी गरेको छ। उक्त सुपर कम्प्युटर क्यालिर्फोनिया स्थित प्रयोगशालमा सोमबार सबैभन्दा उच्च गतिको कम्प्युटरको रुपमा नामाकरण गरिएको छ। “सिक्वोया” नामक उक्त सुपर कम्प्युटरमा आइबिएम सिस्टम प्रयोग गरिएको छ। जुनचाहि २० पेटाफ्लप कम्प्युटरको रुपमा बनेको छ। यसभन्दा अघि १६ पेटाफ्लपको थियो जुन अहिलेसम्मकै छिटो गतिको हेको थियो भने यसलाई पछाडि पार्दै २० पेटाफ्लपको अगाडि आएको छ। यो दौडमा चीन्ले केहि वर्ष पहिलो स्थान ओगटेको थियो |
उक्त सिक्वोया सुपर कम्प्युटरले संसारका ६ अरब ७० करोड मानिसले प्रत्येक सेकेन्ड ३२० वर्षसम्म क्यालकुलेटरमा गर्ने हिसाब १ घण्टामै गर्न सक्ने दाबी गरिएको छ।
यो भन्दा अघिको सुपर कम्प्युटरको नाम ‘के’ कम्प्युटर रहेको थियो जुन हाल जापानमा रहेको छ। सिक्वोया सुपर कम्प्युटर घरमा राख्न सकिदैन यसले लिने स्पेस ४५ सय स्कावयर फिट रहेको छ। आणविक हातहतियारलाई व्यवस्थित गर्न यो कम्प्युटरको प्रयोग हुने बताइएको छ।

कम्प्युटर जगतमा देखिएको प्रथम भाइरस

सन् १९८६ मा कम्प्युटर जगतमा प्रथम पटक भाइरस देखा परेको थियो । दिमाग अथवा ब्रेन नामाकरण गरिएको उक्त कम्प्युटर भाइरसले फ्लपी डिस्क मार्फत आफ्नो आक्रामक यात्रा तय गर्ने भएकोले त्यतिबेला उक्त भाइरसले जति तहल्का मच्चाएको थियो त्यति मात्रामा आफ्नो प्रभुत्व जमाउन भने असफल भएका थिए ।
बुट सेक्टर भाइरस भएकैले प्रभावित फ्लपि डिस्कमा लुकेर बस्ने र उक्त डिस्क अर्को कुनै पनि नयाँ कम्प्युटरमा राख्दा पनि त्यसले तत्कालै आफ्नो उपस्थिति जनाउने गर्दथ्यो । हाल लुप्त भैसकेको यो भाइरस पहिलो कम्प्युटर भइरस भएर पनि अहिलेका कम्प्युटर भाइरस जस्ता अति नै हानिकारक तथा विकार सिर्जना गर्ने खालको भने थिएन ।
सन् १९८६, जनवरीमा पहिलो पटक देखा परेको यो भाइरस पाकिस्तानको एउटा सफ्टवेयरको सुरक्षाको लागि निर्माण गरेको हुन सक्ने अनुमान गरिएता पनि अझै सम्म यसको उद्‌गम स्थलको बारेमा पूर्ण रुपले स्पष्ट हुन सकिएको छैन । सन् १९८४ मा अमेरिकी कम्प्युटर वैज्ञानिक फ्रेड कोहेन ले कम्प्युटरलाई गलत आदेश दिन सक्षम तत्वलाई कम्पुटर भाइरस नामाकरण गरेका थिए । यसको २ वर्ष नबित्दै सन् १९८६ मा यस ब्रेन भाइरसको निर्माण भएको थियो ।
इन्टरनेटको विकाससँगै हालसम्म यस्ता विभिन्न भाइरसहरुले आफ्नो गति अति नै तिब्र बनाएका छन् र आफ्नो प्रभावलाई शक्तिशाली तुल्याइएका छन् । जसका कारण भर्खरै चलाउँदै गरेको कम्प्युटरको अपरेटिङ सिस्टम नै पुन:प्रतिस्थापन गर्नुपर्ने गरी आफ्नो हानीकारक प्रभाव देखाउन पछि परेका छैनन् ।

इन्टरनेटले कसरी काम गर्छ

हामी सबैले इन्टरनेट चलाउँदा ब्राउजरको address bar मा आफूले हेर्न चाहेको वेबसाइटको ठेगाना टाइप गर्ने गर्दैछौ र केही बेर मै त्यस वेब पेज देखा पर्ने गर्दैछ। झट्ट हेर्दा यो सब कुरा जादु जस्तो लाग्न सक्छ। यी सबै वेबपेजहरु कहाबाट आउँछ त? आफूले चाहेको पेज देखाउन कम्प्युटरले के कस्तो कामहरू गर्नु पर्छ त? यस बारेमा केही छलफल गरौँ।
सबै भन्दा पहिले वेब सर्भरको वारेमा जान्नु जरुरी हुन्छ। वेब सर्भर भन्नाले त्यस्ता सर्भर कम्प्युटरहरूलाई जनाउँछ, जहाँ वेब पेजहरू राखिएको हुन्छ, र कसैले त्यसमा रहेका वेब पेज हेर्न चाहेमा वेब सर्भरले त्यस प्रयोगकर्तालाई वेब पेज पठाउने गर्दछ। उदाहरणको लागी नेपाली समाचारहरूको वेबसाइट नेपालन्युज डट कम को वेब सर्भरमा त्यस वेबसाइटका आधारभूत पेजहरू तथा सम्पूर्ण समाचारहरू भण्डारण गरेर राखिएको हुन्छ। यदि कसैले कुनै समाचार हेर्न चाहेमा त्यस वेब सर्भरमा रहेको सफ्टवेयरले त्यस समाचारको पेज प्रदान गर्ने गर्दछ। त्यस्तै गुगल सर्च वेब पेजले प्रयोगकर्ताले मागे अनुरुपको सूचना दिने गर्दछ।
वेब सर्भरमा विभिन्न प्रकारका सफ्टवेयरहरूको प्रयोग गरिएको हुन्छ। एपाचे नामको सफ्टवेयर अहिले विश्वको प्रमुख वेब सर्भर सफ्टवेयरमा पर्दछ। यस बाहेक अन्य विभिन्न प्रकारका वेब सर्भर सफ्टवेयर पनि प्रयोग गरिएको हुन सक्छ। त्यस्तै यस वेब सर्भरमा राखिने पेजहरू HTML मा हुने गर्दछन्। HTML वेब पेजहरु बनाउने एउटा तरिका हो। यसलाई वेब पेजको कोड भन्न सकिन्छ। वेब सर्भरले यिनै वेब पेजको HTML कोड प्रयोगकर्तालाई दिने गर्दछ र प्रयोगकर्ताको ब्राउजरले त्यस कोडमा भएको सूचनालाई बुझिने गरि देखाउने गर्दछ। तर HTML मात्र प्रयोग गर्दा पेजहरू एक रुपका हुने हुनाले वेबपेजहरूलाई अझ बढि लचिलो तथा प्रयोगकर्ताले चाहेअनुरुप बनाउन PHP, ASP जस्ता अन्य कोडिङ प्रणालीहरूको पनि प्रयोग गरिएको हुन्छ। त्यस्तै वेब सर्भरमा सूचनाहरू भण्डारण गर्नका लागि डेटाबेसहरूको पनि प्रयोग गरिएको हुन्छ। यी सबै प्रणालीको प्रयोग गरेर वेब सर्भरले प्रयोगकर्ताले मागेअनुरुपको सूचना HTML प्रणालीमा दिने गर्दछ।
यो त भयो वेब सर्भरले काम गर्ने तरिका। तर ब्राउजरमा टाइप गरेको कुरा वेब सर्भर सम्म कसरी पुग्छ त? वेब पेजको ठेगाना टाइप गरेको केहीबेरमै पेज देखा पर्ने भए पनि यस बीचमा धेरै कार्यहरु भएको हुने गर्दछ। हामी सबैलाई थाहा छ कि कम्प्युटरले अंकहरू मात्र बुझ्ने गर्दछ र हामीले टाइप गर्ने www.google.com जस्ता ठेगानाहरू कम्प्युटरले सिधै बुझ्ने गर्दैन। कम्प्युटरले इन्टरनेटको ठेगानालाई चार अंकको रुपमा बुझ्ने गर्दछ। जस्तै www.google.com को ठेगाना कम्प्युटरले बुझ्ने भाषामा 74.125.19.99 हो। यस्ता ठेगानालाई IP Address भन्ने गरिन्छ। तर यस्ता अंकका ठेगानाहरू हामीलाई बुझ्न गार्‍हो हुने भएकाले मानिस र कम्प्युटरको दोभाषेको रुपमा name server नामक सर्भरले काम गर्ने गर्दछ। वेबसर्भरहरू विश्वको कुनै पनि स्थानमा इन्टरनेटमा जोडिएर रहेको हुने गर्दछ। यसरी हामीले टाइप गर्ने ठेगाना कम्प्युटरले बुझ्ने IP Address मा परिवर्तन भए पछि मात्र त्यस वेब सर्भर कता छ भन्ने कुरा थाहा हुन्छ र त्यस वेब सर्भर सम्म वेब पेजको request पुर्‍याउन सकिन्छ।
तर आफूले हेर्न चाहेको वेब पेजको request वेब सर्भर सम्म कसरी पुग्छ त? हामीले इन्टरनेट चलाउँदा हामीले हेर्न चाहेको वेब पेजको request सर्वप्रथम स्थानीय इन्टरनेट प्रदायक कम्पनी (अर्थात् ISP) सम्म पुग्ने गर्दछ। नेपालमा ISP को उदाहरणको रुपमा Worldlink वा Mercantile लाई लिन सकिन्छ। यस्ता ISP हरू क्षेत्रीय ISP सँग जोडिएका हुन्छन्। र ती विश्वस्तरीय ISP सँग जोडिएका हुने गर्दछन्। यसरी विश्व भरका कम्प्युटरहरू एक आपसमा जोडिएर रहेका हुने गर्दछन्। र यसैलाई नै इन्टरनेटको सञ्जाल भन्ने गरिन्छ। यसै सञ्जालको माध्यमद्वारा विश्वको कुनै पनि वेब सर्भर सम्म पुग्न सकिन्छ।
यसरी चाहिएको वेब सर्भरसम्म पुगिसकेपछि आफूले हेर्न चाहेको पेजको request त्यस वेब सर्भर समक्ष ब्राउजरले प्रस्तुत गर्ने गर्दछ। यसरी request प्रस्तुत गर्ने तथा सूचना प्राप्त गर्ने पनि एक निश्चित तरिका हुने गर्दछ, जसलाई protocol भन्ने गरिन्छ। विभिन्न कार्यको लागि विभिन्न प्रकारका protocol हरू हुने गर्दछन्। वेब पेजको लागि HTTP नामक protocol को प्रयोग गर्ने गरिन्छ। यस protocol मा रहि वेब सर्भरलाई ब्राउजरले प्रयोगकर्ताले हेर्न चाहेको पेजको माग गर्ने गर्दछ, र वेब सर्भरले ब्राउजरलाई उक्त पेज प्रदान गर्ने गर्दछ। यसरी प्राप्त भएको पेज ब्राउजरले प्रयोगकर्तालाई देखाउने गर्दछ।
source: www.livingwithict.com

Monday, August 27, 2012

१५ वर्षसम्म चार्ज

मोबाइलका ब्याट्री एकचोटि चार्ज गरेपछि कति समयसम्म टिक्न सक्छ ३ दिन ५ दिन अथवा १ हप्ता । मोबाइलमा विभिन्न सुविधा जति थपिदै जान्छ त्यतिनै यसको ब्याट्री छिटो सकिन्छ।
लस भेगासमा भएको कन्ज्युमर इलेक्ट्रोनिक शोमा अमेरिकी मोबाइल कम्पनी स्पेयर वनले एक यस्तो मोबाइल सेट बजारमा भित्र्याएको छ। जसमा राखीएको ब्याट्रीको चार्ज १५ वर्षसम्म टिक्न सक्छ। सो ब्याट्रीको चार्ज स्विच अफ गरेर राखेको अवस्थामा १५ वर्षसम्म टिक्न सक्ने कम्पनीले बताएको छ। साथै निरन्तर कुराकानी गरे पनि १० घण्टासम्म चार्ज टिक्ने छ।
हाल हामीले प्रयोग गरिरहेको ब्याट्रीको चार्ज स्विच अफ गरेर राखेपनी त्यसको निश्चित समयपछि चार्ज आफैँ सकिन्छ। तर यो मोबाइलको ब्याट्री भने १५ वर्षसम्म टिक्न सक्छ।
यो मोबाइल फोनको सेटमा आकस्मिक नम्बरहरु राखीएको साथै जिपिएस प्रविधिसमेत जडान गरिएको कम्पनीले जनाएको छ। यसले गर्दा मोबाइल प्रयोगकर्ता कहाँ कुन स्थानमा रहेको छ भन्ने जानकारी समेत हुनेछ।

टिसर्टबाटै मोबाइल चार्ज

Add caption
वैज्ञानिकहरूले यस्तो टिसर्टको आविष्कार गरेका छन् जसले विद्युतीय ऊर्जा संचित गर्नसक्छ। यसरी विद्युत् ऊर्जा संचित गर्न सक्ने टिसर्टको  माध्यमबाट मोबाइल फोनका साथै अन्य ग्याजेटहरूको समेत ब्याट्री चार्ज गर्न सकिनेछ। अमेरिकाको साउथ क्यारोलिनाका वैज्ञानिकहरूले  यस्तो प्रविधिको विकास गरेका हुन्। अनुसन्धानका क्रममा प्राध्यापक जियाओडोङ ली तथा शोधकर्ता लिहोंग बाओले बजारबाट किनिएको एउटा टिसर्टलाई फ्लोराइडको घोलमा  चोपेर सुकाइ अक्सिजन नभएको ओभनमा निकै उच्च तापक्रममा पोलेका थिए। त्यस्तो उच्च तापक्रममा उक्त टिसर्टको धागोको रेसामा रहे को सेलुलोज भनिने पदार्थबाट कार्बन अणुहरू एक्टिभेटेड अर्थात् रासायनिक रूपमा सक्रिय भए। यसरी कार्बन अणुहरू एक्टिभेटेड भएको  उक्त टिसर्टका रेसाहरूले इलेक्ट्रोडको काम गर्ने र समग्र टिसर्टले विद्युत् चार्ज संचित गर्न क्यापासिटरको काम गर्ने अनुसन्धानकर्ताहरूले  प्रमाणित गरे। यसरी टिसर्टबाट बन्ने क्यापासिटरलाई उनीहरूले सुपर क्यापासिटर नाम दिएका छ।

आइफोन फाइभ


आइफोन फाइभ एप्पलको इतिहासमा सबैभन्दा अपेक्षा गरिएको र प्रतीक्षा गरिएको उत्पादन हो । एप्पलले आइफोन फाइभसँगै आईओएस सिक्सलाई पनि सार्वजनिक गर्नेछ । आईओएस सिक्सका फिचरबारे एप्पलले 'नेक्स्ट जेनेरेसन म्याकबुक-प्रो' लाई सार्वजनिक गर्ने क्रम प्रयोगकर्तामाझ आधिकारिक रूपमा जानकारी गराइसकेको छ ।
एप्पल 'वल्र्ड वाइड डेभलपर कन्फरेन्स (डब्लूडब्लूडीसी) मा आईओएस सिक्सबारे दिइएको जानकारीले आईओएस फाइभभन्दा बढी लोकपि्रयता पाउने देखिन्छ । आइफोन फाइभबारे अफवाह मात्र फैलिएको छ । आइफोन फाइभबारे हालसम्म आधिकारिक रूपमा जानकारी आइसकेको छैन ।
एप्पल सफ्टवेयर र हार्डवेयर दुवै प्रयोगकर्तालाई झट्का दिने सोचमा छ । आईओएसमा प्रचलित यू-ट्युब एप्लिकेसन आईओएस सिक्समा हुने छैन । पुराना आईओएस भर्जनमा जस्तो आईओएस सिक्समा यू-ट्युब एप्लिकेसन पहिलै समावेश हुने छैन ।
एप्पल मोबाइल डिभाइसबाट यू-ट्युबको बढी प्रयोग गर्नेलाई यो पक्कै दुःखको खबर हो । गुगल म्याप्स एप्लिकेसनलाई आईओएसमा समावेश नगर्ने निर्णयले यू-ट्युबको विषयमा दुविधा थपेको अनुमान छ । आईओएस सिक्सबाट यू-ट्युब प्रयोग गर्नै नपाइने भने होइन ।
आईओएस सिक्सबाट यू-ट्युबमा रहेका भिडियोको मज्जा लिन सफारी सहारा लिनुपर्नेछ । आईओएसमा गुगल म्याप्स र यू-ट्युबको नहुनुले गुगल र एप्पलबीचको तिक्तता प्रस्ट पार्छ । केही समयमा सार्वजनिक हुने भइरहेका बेला यसले एप्पललाई बजार व्यवस्थापन र प्रभाव जमाउनेमा नकारात्मक असर नपार्ला भन्न सकिन्न ।
आईओएस सिक्समा अरू आईओएसमा जस्तै यू-ट्युब समावेश नहुने ठोस कारण भने अहिलेसम्म राम्ररी खुल्न सकेको छैन । मोबाइल अपरेटिङ सिस्टममा एप्पलको निकटतम प्रतिद्वन्द्वी गुगल हो । गुगलको एन्डोइड चलाउनेको संख्या पनि कम छैन । गुगल आईओएस सिक्सका लागि 'गुगल ड्राइभ, जीमेल फर आईओएस' जस्तै 'स्ट्यान्डअलोन' यू-ट्युब एप्लिकेसन बनाउन लागि परेको छ ।
आईओएसका पुराना प्रयोगकर्ताले भने पहिले नै समावेश भइसकेको यू-ट्युब एप्लिकेसनलाई निरन्तरता दिन सक्नेछन् । आईओएस प्रयोगकर्ताले यू-ट्युबलाई मिस गरे पनि आईओएसमा थपिएका फिचरले आईओएसलाई नै निरन्तरता दिने पक्षमा सोच्न बाध्य बनाउनेछ ।
आइफोन फोरएसको आकर्षण बनेको सिरीलाई आईओएस सिक्समा अझै परिमार्जित गरिएको छ । अब सिरीलाई फोन, टेक्स्ट गर्न लगाउनेबाहेक सिनेमा, खेल आदिबारे सोध्न सकिन्छ । एप्पल मोबाइल डिभाइसबाट सोसल नेटवर्कमा अपडेट हुन टि्वटरलाई आईओएस फाइभमा सम्मिलित गरिएको थियो ।
आईओएस सिक्समा फेसबुकको सुविधा थपिएको छ । फोन वालेटको अवधारणालाई पासबुकले राम्रो साथ दिनेछ । वाईफाईमा निर्भर फेसटाइम सेल्युलरबाट पनि प्रयोग गर्न सकिन्छ । फोन कलसँग सम्बन्धित पनि धेरै सुविधा थप छ । भीआईपी मेल, फोटो स्टिम लगायतका अन्य केही आईओएस सिक्समा हुने फिचर हुन् ।
आईओएस सिक्स सार्वजनिक हुन केही समय बाँकी छ । तर एप्पलले डेभलपका लागि भने आईओएस सिक्स उपलब्ध गराइसकेको छ । एप्पल मोबाइल डिभाइसमा आइफोन फोरएस, आइफोन फोर, आइफोन थ्रीजीएस, आइप्याड टु, न्यु आइप्याड र फोर्थ जेनेरेसन आइपडबाट आईओएस सिक्स प्रयोग गर्न सकिन्छ ।

Saturday, August 25, 2012

मंगलमा रोभरको पहिलो ‘टेस्ट ड्राइभ’


नासाको मार्स रोभर क्युरियोसिटीले बुधबार आफूले अवतरण गरेको स्थानबाट अन्यत्र गुडेर आफ्नो पहिलो ‘टेस्ट ड्राइभ’ गरेको छ । ‘क्युरियोसिटीले मंगल ग्रहमा आफ्नो पहिलो सफल टेस्ट ड्राइभ’ गरेको छ । हाम्रो रोभरको सवारी संयन्त्रले राम्रोसँग काम गरिरहेको छ ।’ क्यालिफोर्नियास्थित नासाको जेन प्रोपल्सन ल्याबोरेटोरी (जेपीएल) का रोभर योजनाकार म्याट् ह्याभरलीले भने । साढे दुई अर्ब डलरको यान रातो ग्रहको ग्याले क्रेटरमा गएको ६ अगस्टमा अवतरण गरिएको थियो । बुधबार ९० डिग्रीमा घुम्नुअघि उसले चार मिटरको यात्रा तय गरेको थियो । त्यसपछि ऊ केही मिटर फर्केको थियो ।
‘रोभर १६ दिनअघि अवतरण भएको स्थानबाट करिब २० फिट सरेको छ ।’ अमेरिकी अन्तरिक्ष निकाय नासाले जारी गरेको विज्ञप्तीमा भनिएको छ । रोभले लिएको तस्बिरले पांग्राहरू मंगलको सतहमा गुडेको प्रष्ट पारेको छ । मंगलमार जीवनको संकेतको खोजीमा पूर्ण रुपमा लाग्नअघि क्युरियोसिटीले केही परीक्षणहरू पार गर्नु पर्नेछ । ‘हामी दुई वर्ष लामो मिसनको १६ औं दिनमा छौं,’ मार्स साइन्स ल्याबोरेटोरीका प्राजेक्ट म्यानेजर पेटे थिसिंगरले भने, ‘हामीले नमुन संकलन क्षमताको अभ्यास गरिसकेका छैनौं, जुन रोभरको वैज्ञानिक मिसनको सबैभन्दा महत्वपूर्ण पाटो हो ।’
‘त्यसैले यो जति राम्रो भयो त्यति नै अनौठो छ । हामी अझै पनि पहिलो स्तरको दुई वटा परीक्षण मात्र गरेका छौं । मिसनको पूर्ण सम्भावनामा पुग्न हामीले अझै धेरै काम गर्नुछ ।’ उनले थपे । नासाले रोभर ओर्लिएको स्थानको नाम ‘ब्राडबुरी’ राख्ने क्युरियोसिटी समूहको प्रस्तावलाई सदर गरेको छ । यो नाम ‘द मार्टियन क्रोनिकल्स’ र ‘फेरेन्हाइट ४५१’ का लेखकको सम्मानमा राखिएको हो, जसको ९२ औं वार्षिकी बुधबार थियो । उनको मृत्यु गएको जुनमा भएको थियो । ‘उहाँको सम्मानमा क्युरियोसिटीले छोएरको मंगल भूमिको नामा हामीले ब्राडुबुरी ल्यान्डिङ राखेका छौं,’ नासाको मंगल अनुसन्धान कार्यक्रमका मुख्य वैज्ञानिक माइकल मेयेरले भने, ‘आज उहाँ हुनु भएको भए ९२ वर्षको हुनु हुने थियो ।
हामी वास्तवमै उहाँका पुस्तकहरूबाट प्रभावित छौं ।’ ‘मार्टियन क्रोनिकल्स’ बाटै मंगलमा जीवनको संभावना हुनसक्ने विचार पैदा भएको हो । वैज्ञानिकहरूले त्यहाँ एलियन वा जिवित प्राणी भेटाउने अपेक्षा गरेका छैनन् तर उनीहरूले त्यहाँको माटो र चट्टान जीवनमा जीवनको संकेत छ कि छैन भन्ने खोज्नेछन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २०३० सम्ममा मंगलमा मानिस पठाउने वाचा गरिसकेका छन् ।

Tuesday, August 7, 2012

अमेरिकी यान मंगलग्रहमा

रहस्यको ठूलो पोको बोकेर मंगलग्रहतर्फ उडेको यान नउत्रुन्जेल वैज्ञानिकहरू ठूलो ढुकढुकीमा बसेका थिए । तर, सोमबार बिहान भने उनीहरूले सफलताको सास फेरेका छन् । जीवन खोजीका लागि पठाइएको अमेरिकाको नेसनल एरोनोटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) को अहिलेसम्मकै ठूलो रोबोट प्रविधियुक्त वैज्ञानिक प्रयोगशाला 'क्युरियोसिटी' बिहान मंगलग्रहको गहिरो भूमि 'गेल क्रेटर' मा सुरक्षित अवतरण गरेको छ । यसले बाह्य विश्वमा अमेरिकी नेतृत्वमा मंगलग्रहको अनुसन्धानलाई नयाँ आधार प्राप्त भएको छ ।

अन्तरिक्ष विज्ञानमै यो रोचक क्षण नजिकिँदै जाँदा वैज्ञानिकहरू पनि मुटुको ढुकढुकी थामेर बसेका थिए । ओर्लिएको संकेत पाउनेबित्तिकै यो मिसनको नियन्त्रण कक्ष अमेरिकाको क्यालिफोर्निया पासाडेनास्थित जेट प्रोपल्सन लेबोरेट्री (जेपीएल) मा वैज्ञानिकहरूले खुसियाली मनाउन थाले । दसवर्षे यो योजनामा ज्यान फालेर लागेका उनीहरूले हावामा हत्केला ठोक्काउँदै (चस) अंकमाल गरे ।

रहस्यको ठूलो पोको बन्दै आएको यो ग्रहका लागि सन् २०११ को २६ नोभेम्बरमा यान छोडिएको थियो । यो यानले झन्डै २४ हजार करोड माइल (५७ अर्ब किमि) को दूरी तय गरी मंगलग्रहमा पुगेको हो । 'न्युक्लियर फ्युल' ले सञ्चालन हुने यो यानले नासाको ओडिसे भूउपग्रह मार्फत करिब दुई वर्षसम्म सूचना सम्प्रेषण गर्नेछ । यो ग्रहको कक्षमा स्थापित छ ।

अमेरिका र बेलायतपछि छिमेकी मुलुक भारतका इन्जिनियरहरूले पनि यो योजनामा सहयोग गरेका छन् । यसलाई 'द मार्स साइन्स लेब्रोरेट्री रोभर 'क्युरियोसिटी' नाम दिइएको हो । मंगलग्रहमा यो नासाको चौथो यान हो । गेल क्रेटरभित्रको पाँच किमि अग्लो मध्य पहाडमा यसलाई पठाइएको छ । यो क्षेत्रमा पानीको अस्तित्व फेला परिसकेको छ ।

सन् १९९७ मा ओरालिएको पहिलो रोबोट रोभर (यान) भन्दा यो चार गुणा ठूलो छ ।

महत्त्वपूर्ण भूमिका निभाउने एड्म स्टेल्त्ज्नेरले यो मिसनको बारेमा भने, 'सडकमा उभिरहेका सर्वसाधारणले यसलाई पागलपन भन्नेछन्, कहिलेकाहीं हामीलाई पनि यो पागलपन नै लाग्छ ।' जसले जे भने र सोचे पनि यो अभियानमा २ दशमलव ५ अर्ब डलर खर्च भएको छ । आँखाले सुन्दर समतल थलोमा यो बसेको देखेकोमा उनले आनन्द महसुस गरेको बताए ।

नासाका वैज्ञानिकहरूले एक अति विकसित चल्ताफिर्ता प्रयोगशाला अन्तरिक्षमा पठाएको छ । यो प्रयोगशालाबाट प्रवाह हुने जानकारी मंगलग्रहको भूमिमा लुकेको इतिहासलाई बुझ्नमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ । रकेटको सहयोगबाट चल्ने 'क्रेन' को सहायताले यो यानलाई उतारिएको थियो ।

'यो निकै महत्त्वाकांक्षी र परम्परा विपरीत छ, यसको असफलतामा बहाना बनाउन सकिन्न,' स्टेल्त्ज्नेरले भने, 'मैले राम्रो मार्ग छनोट गरे पनि भाग्य खराब थियो पनि भन्न पाइन्न ।' यो यात्रालाई मंगलग्रहमा प्रवेश, सतहतिर आउनु र अवतरण गरी तीन भागमा विभाजित गरिएको थियो । अद्भुत किसिमको कवजमा ढाकिएको मार्स रोभरको तौल ९ सय किलोग्राम छ ।

नासाले पहिलो पटक यस ढाँचाको र यति ठूलो कवच बनाएको हो । हजारौं किलोमिटर प्रतिघन्टाको गतिले तल हुइँकिँदा उत्पन्न हुने २ हजार डिग्रीको तापक्रमबाट बचाउन यो कवच बनाइएको हो । मंगलग्रहको वातावरणमा प्रवेश गर्दा यसको गति २० हजार किलोमिटर प्रतिघन्टा थियो ।

छदेखि आठ मिनेटभित्र यसको चक्का मंगलग्रहको सतहसँग ठोक्किँदा यसको गति एक मिटर प्रतिसेकेन्डभन्दा बढी नहुनुपर्ने हो । तर, २० हजार किमि प्रतिघन्टाबाट एक मिटर प्रतिसेकेन्डमा आउनु निकै जटिल योजना थियो । यसो गर्नलाई रोभरको सुरक्षा कवचलाई खास मार्ग र खास कोणबाट तल आउनुपर्ने थियो । यो प्रक्रियाको क्रममा भारी तौलको केही टुक्रा सुरक्षा कवचबाट अलग्गियो । केही सेकेन्डमा बाहिरिएको रकेटले यसको बबाल गतिलाई कम गर्‍यो । यसको गतिलाई कम गर्न यो पर्याप्त थिएन ।

मंगलको सतहभन्दा करिब १ दशमलव ५ किलोमिटर माथि हुँदा पछाडिबाट निस्केको सुपर सैनिक सुपरसोनिक प्यारा सुटले यसको गतिलाई केही कम गर्दै ४ सय ५० किलोमिटर प्रतिघन्टामा झार्‍यो । सुरक्षित अवतरणका लागि यो गति बढी नै थियो । अवतरणको अन्तिम चरणमा भित्री रोभरलाई खरानी हुनबाट बचाइरहेको एक कवचको टुक्रा अलग भयो । यसपछि रकेटले जोडिएको उड्ने क्रेन निस्केर रोभरलाई सुरक्षित थलोमा छाडेर गयो । पृथ्वीमा नियन्त्रणबिना 'अटोमेटिक' अर्थात् स्वचालित ढंगले भएकाले सबै आश्चर्यमा परे ।

सन् १९७० को दशकदेखि सन् २००८ को फिनिक्स अभियानसम्म मंगलको हरेक रोभर अभियानमा ग्रहमाथि ओर्लिनलाई पहिलेको भन्दा राम्रो प्रणाली थियो । तर, पहिलो पटक मंगलग्रहको सबभन्दा गहिरो खाल्डोमा यसलाई ओराल्ने प्रयास गरिएको थियो । यसअघिसम्म वैज्ञानिकले यन्त्रलाई सुरक्षित राख्न रोभरलाई ग्रहको सतहसम्म पुर्‍याउँथे । यस पटक भने पत्थरको अध्ययन गर्नलाई सबभन्दा ढुंगे सतहमा वैज्ञानिकले यसलाई ओराल्ने चाहना राखेका थिए । मंगलमा जीवनको रहस्य यसको पत्थर र चट्टानमा लुकेको वैज्ञानिकहरूको ठम्याइ छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाका वैज्ञानिक सल्लाहकार जोहन होल्डे्रनले यो अवसरमा टिप्पणी गर्न चुकेनन् । 'ग्रह खोजको इतिहासमा हरेक दृष्टिकोणले अहिलेसम्म प्रयास गरिएको सबभन्दा चुनौतीपूर्ण मिसन हो,' उनले भने ।

यानको पछाडिको भागमा राखिएको क्यामेराले पांग्राले मंगलको धर्तीमा छोएको धूले चित्र पठाएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले उक्त उपलब्धि अमेरिकी गौरवको एकल स्रोत भएको दाबी गरेका छन् । 'अर्को ग्रहमा हालसम्म अवतरण गराइएको सबैभन्दा जटिल प्रयोगशालायुक्त गाडी क्युरोसिटीको सफलतापूर्वक अवतरणले प्रविधिमा अभूतपूर्व उपलब्धि दिएको छ, यो भविष्यमा राष्ट्रिय गौरवको विन्दुको रूपमा रहनेछ,' राष्ट्रपति ओबामाले एक विज्ञप्तिमा भनेका छन् । उनले अमेरिकी सिर्जनात्मक क्षमता तथा दृढताको मौलिक संगमसँग कुनै पनि दीर्घ कठिनाइले चुनौती दिन नसक्ने दाबी गरेका छन् ।

सन् १९६० मा आरम्भ भएको विश्वव्यापी अन्तरिक्ष अभियानमा यसअघि मंगलमा अवतरण गर्ने, त्यसको कक्षमा घुम्ने र मंगल नजिकै अन्तरिक्ष यान पुग्ने प्रयासमा ४० प्रतिशत मात्र सफलता प्राप्त भएको थियो । नासाले यसअघि मंगलग्रहका लागि भाइकिङ १ तथा २ (सन् १९७६), पान्थर (सन् १९९७), स्पिरिट तथा अपरचुनिटी (सन् २००४) तथा फोनिक्स (सन् २००८) अभियान चलाएको थियो । फ्रान्सको टुलुज अन्तरिक्ष केन्द्र तथा मंगल विज्ञान प्रयोगशाला तथा जिज्ञासामा करिब १ हजार व्यक्तिले उक्त रातो ग्रहमा फ्रान्सेलीहरूले सञ्चालन गर्ने दुई उपकरणका साथमा उक्त गाडी अवतरण भएको हेरे ।

फ्रान्सको सिनेस अन्तरिक्ष अनुसन्धान केन्द्रका मार्क पिचरले गाडीको अवतरण रहस्यले भरिएको कुरा रहेको र अब वैज्ञानिकहरूका लागि फाइदा आरम्भ भएको उल्लेख गरे । टुलुज अन्तरिक्ष केन्द्रले फ्रान्सेली मंगल उपकरण सञ्चालन केन्द्रलाई क्युरियोसिटीमा रहेको दुई उपकरण केमक्याम तथा मिश्रण विभाजन यन्त्र साम जीसीलाई सञ्चालन गर्न सहयोग गर्नेछ । केमक्याम (रासायनिक क्यामरा) ले ढुंगा तथा माटोलाई विश्लेषण गर्नेछ र वैज्ञानिकहरूको अभिरुचिलाई विचार गर्नेछ । साम जीसीले त्यहाँ रहेका ग्यासका प्रकार, यसको मापन तथा पहिचानमा विश्लेषण गर्नेछ ।

Thursday, August 2, 2012

‘भेनस ट्रान्जिट’

शुक्र ग्रहको छाँया सूर्यमा पर्ने दुर्लभ खगोलिय संयोग भेनस ट्रान्जिट अहिले देखिएको छ । पृथ्वी, शुक्र र सूर्य एउटै सरल रेखामा पर्दा शुक्र ग्रहको छाँया सूर्यमा पर्दा भेनस ट्रान्जिटको अवस्था देखिन्छ ।
शुक्रको सूर्यलाई परिक्रमा गर्ने सतहको ढल्काईका आधारमा हरेक ५ सय ८५ दिनमा भेनस ट्रान्जिटको अवस्था हुनुपर्ने भएपनि शताब्दीमा दुई पल्ट मात्रै यस्तो संयोग देखिने नेपाल खगोलिय समाजका सचिव सुरेश भट्टराईले जानकारी दिनुभयो ।
यसअघि ८ वर्षअघि सन् २००४ मा भेनस ट्रान्जिट देखिएको थियो । अब १ सय ५ वर्षपछि अर्थात् सन् २११७ डिसेम्बरमा देखिने छ । सन् २००४ मा शुक्र सूर्यको तल्लो भाग हुँदै पार भएको थियो भने अहिले शुक्रले सूर्यलाई माथिल्लो भागबाट छेदन गरिएको जस्तो देखिएको भट्टराईको भनाई छ ।
भेनस ट्रान्जिटका कारण सूर्य र पृथ्वी बिचको दूरी तथा पुरै ब्रम्हान्डको आकार थाहा पाउन सहज हुने उहाँले बताउनुभयो । सूर्यमा शुक्र ग्रहको पहिलो स्पर्श ३ बजेर ५४ मिनेटमा शुरु भएपनि नेपालमा बिहान ५ बजेर १० मिनेटमा सूर्योेदय हुने भएकाले त्यसपछि मात्रै स्पष्ट रुपमा देख्न सकिएको छ । शुक्र स्पर्शको मध्य ७ बजेर १६ मिनेटमा भयो भने १० बजेर ३६ मिनेटमा शुक्र बर्हिगमन हुनेछ ।
भेनस ट्रान्जिट हेर्नका लागि सूर्यलाई खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गर्न नहुने खगोलविद्को सुझाव छ । यस्तै एक्सरे प्लेट, ऐना तथा पानीमा सूर्यको प्रतिबिम्ब समेत हेर्न नहुने उनीहरुको भनाई छ । त्यसो गरे आँखामा खराबी आई अन्धोपन हुनसक्ने खगोलीय समाजका सचिव सुरेश भट्टराईले बताउनुभयो ।
विशेष किसिमको टेलिस्कोप, हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङ्गको धातु लेपन भएको चश्मा वा वेल्डिङ्ग गर्दा प्रयोग गरिने १४ नम्बरको चस्माबाट मात्र यसको अवलोकन गर्न सकिने उहाँको भनाई छ ।

पानी विना नै नुहाउन सकिने

दक्षिण अमेरिकाका लडविक मरिसेनले नयाँ नुहाउने जेलको आविस्कार गर्नुभएको छ । ड्राइबाथ नाम दिईएको यो जेलले पानी र साबुन दुवैको काम गर्छ । यो विश्वमा लोकप्रिय पनि हुँदै गइरहेको छ ।
२२ वर्षिय मरिसेनले यूनिभर्सिटी अफ केप टाउनमा अध्ययनरत् हुनुहुन्छ । उहाँलाई यो आविष्कार गर्ने सोच नुहाउन अल्छी गर्ने उहाँकै साथीले दिएका हुन् । कसैले पानी बिना नुहाउन सकिने उपाय निकाले पनि हुन्थ्यो भन्ने साथीको ठट्टालाई गम्भीर रुपमा लिएर उहाँले यो आविष्कार गर्नु भएको हो ।
यो अहिले विमान कम्पनीले लामो यात्रामा रहेका यात्रीको लागि र कतिपय सरकारले आफ्ना युद्ध मैदानमा रहेका सैनिकका लागि प्रयोग गरिरहेका छन् । यो उत्पादन अफ्रिका र विश्वका गरिब मुलुकहरु जहाँ साधारण स्वास्थ्य समस्या छ त्यहाँ काम लाग्छ । त्यस्तै पानीको समस्या भएको ठाँउमा पनि यो अति उपयोगी हुन्छ ।
६ महिना लगाएर आविश्कार गरिएको यो जेल हात धुन अरु जेल भन्दा फरक छ । यसले कुनै गन्ध निकाल्दैन र शरिरमा कोमलपन ल्याउँछ ।

गुगलको चस्मा

 गुगलले एकपछि अर्को गर्दै अमेरिकाको सानफ्रान्सिस्को टेक्नोलोजी मेलामा अनौठो प्रविधियुक्त चस्मा प्रस्तुत गरेको छ। गुगलले उक्त चस्मालाई आँखामा लगाउन मिल्ने कम्प्युटर पनि भनेको छ। गुगलको यो चस्माको विशेषता के हो भने यसबाट हतारका बेला मानिसहरूसँग सूचना सम्पर्क गर्न त मिल्छ नै, इमेल र इन्टरनेटको सुविधा पनि चस्माबाटै प्राप्त गर्न सकिन्छ। यो चस्माको सहायताबाट आँखा अगाडि हेर्दाहेर्दै घटिरहेका घटनाहरूको आवाजसहित ताजा भिडियो खिच्न सकिन्छ। बाटोमा हिँड्दाहिँड्दै कुनै विशेष घटना घटिरहेको छ भने आफ्नो ब्याग वा खल्तीमा रहेको क्यामेरा निकालेर भिडियो खिच्न वा मोबाइल फोनको क्यामेराबाट फोटो खिच्न केही न केही बेर ढिला भैहाल्छ। त्यस्तो परिस्थितिमा गुगलको क्यामरायुक्त चस्माले आवाज नियन्त्रित प्रविधिको भरमा वा विशेष खालको बटनमा छोएको भरमा भिडियो खिच्न सक्छ।


गुगलले चस्माको दाहिनेतर्फको पारदर्शी सिसामै माथि क्यामेरासहितको स्क्रीन जडान गरेको छ, जसबाट हिँड्दाहिँड्दै, दौडँदादौडँदै वा आकाशमा उड्दाउड्दै भिडियो खिच्न र हेर्न सकिन्छ। यो चस्माको पहिलो परीक्षण स्काई डाइभिङ गर्ने र साइकल चालकले गरेको समाचारमा जनाइएको छ। चस्मालाई फोनसँग कनेक्ट गर्न सकिन्छ। यो चस्माको ब्याट्रीले ६ घण्टासम्म काम गर्छ। यो चस्माको फ्रेममा वेब सर्च र इमेल पढ्न सकिने तथा फोटो हेर्न सकिने सुविधा छ। गुगलको चस्माको परीक्षण संस्करण अहिले नै बाहिर आइसकेको भए पनि आमउपभोक्ता लागि भने सन् २०१४ पछि मात्र बजारमा उपलब्ध हुनेछ। यो चस्माको मूल्य अमेरिकी बजारमा १ हजार ५ सय डलर पर्छ।

Tuesday, April 17, 2012

अन्तरिक्षमा ह्याकरहरूको भूउपग्रह


कम्प्युटर ह्याकरहरूले सेन्सरसिपबिनाको फ्ल्मि इन्टरनेट सञ्चालनका लागि अन्तरिक्षमा आफ्नै सञ्चार भूउपग्रह स्थापना गर्ने भएका छन्। भखर् रै जर्मनीमा सम्पन्न भएको ह्याकरहरूको सम्मेलनले पृथ्वीको कक्षमा आफ्नै सञ्चार भूउपग्रह स्थापनाका साथै पृथ्वीमा पनि इन्टरनेटको  ग्लोबल ग्रीड स्टेसन स्थापना गरिने निर्णय गरेको छ। पृथ्वीमा स्थापना हुने स्टेसनले भूउपग्रहलाई दिशानिर्देश गर्नुका साथै इन्टरनेट सञ्चार  आदानप्रदान गर्नेछ। उक्त सञ्चार भूउपग्रहका माध्यमबाट अन्तरिक्षमा आपmनै खर्चमा जान चाहने सौखिन खगोल वैज्ञानिक एवं  अन्तरिक्षयात्रीहरूलाई समेत मद्दत पुर्‍याउने उद्देश्य राखिएको छ।

ह्याकरहरूका अतिरिक्त जनतालाई पनि परियोजनामा लगानी गर्न आह्वान गरिने भएको ह्याकरहरूकातर्फका एक अधिकारकर्मी निक फारले  जर्मनीस्थित अन्तराष्ट्रिय सामाचार एजेन्सीहरूलाई जानकारी गराए। उनले अन्तरिक्षमा एक विशेष किसिमको सञ्चार भूउपग्रह स्थापनाका  साथै पृथ्वीमा एउटा यस्तो इन्टरनेटको ग्रीड निर्माण गर्ने बताएका छन्, जुन सबै किसिमको नियन्त्रणबाट मुक्त हुनेछ।

भूउपग्रहलाई रिभर्स ग्लोबल पोजिसिनिङ सिस्टमका आधारमा सञ्चालन गरिनेछ, जसअन्तर्गत पृथ्वीमा तीनवटा प्रोटो टाईप आकारको  इन्टरलिङ्क ग्रीड पनि तयार गरिनेछ। अन्तरिक्षसम्बन्धी काम गर्ने विज्ञहरूले शक्तिशाली राष्ट्रहरूले आपmनो कानुन प्रयोग गरी उक्त भूउपग्रह  सञ्चालन हुन नदिने सम्भावना रहेको बताएका छन्।

ह्याकर कम्युनिटीका प्रवक्ता निक फारले अन्तरिक्षमा स्वतन्त्र भूउपग्रहको स्थापनाबाट अन्तरिक्षमा एउटा नयाँ अध्याय प्रारम्भ हुनेछ भन्ने  प्रतिक्रिया दिएका छन्। त्यतिमात्र होइन, अन्तरिक्षमा सन् १९७० अघि जुन स्थिति थियो त्यही स्थिति सिर्जना गर्न चाहन्छौं,' निक फारले भने।  ह्याकरहरूको यो कार्यबाट इन्टरनेट सञ्जालमा व्यापक स्तरमा नकारात्मक सुरक्षा समस्या उत्पन्न हुन सक्ने सम्भावना रहेको सरकारी  अधिकारीहरूकोे तर्क छ।

ह्याकरहरूको समाजका प्रवक्ता निक फारले अमेरिकाले अनलाइन स्वतन्त्रतामाथि 'स्टप अनलाइन पाइरेसी ऐन' ल्याएर प्रतिबन्ध लगाउन  खोजेको प्रतिक्रिया दिए। यो कानुन पास भए कपी राइटको बहानामा धेरै स्वतन्त्र साइटहरू बन्द हुने र अनलाइन स्वतन्त्रतामाथि बन्देज लाग्ने  आरोपसमेत उनले लगाए।

ह्याकरहरूको अन्तरिक्ष अभियानले अगामी २३ वर्षमा सौखिन मानिसहरूलाई चन्द्रमामा पुर्‍याउने योजनासमेत बनाएको छ। ग्लोबल ग्राउन्ड  ग्रीड निर्माण योजनामा कार्यरत २६ वषर्ीय अर्मिन बोअरले ह्याकरहरूको अन्तरिक्ष अभियान महत्वाकांक्षी र खर्चिलो भए पनि विभिन्न स्रोतबाट  रकम जुटाउन लागिएको बताए। उक्त परियोजनामा जर्मन विद्यार्थीहरूको समेत सहयोग एवं सहभागिता छ। योजना पूरा भएपछि थोरै शुल्कमा  अनलाइन नेटवर्क सुविधा वितरण गरिने भएको छ।

बर्लिन सम्मेलनमा ह्याकरहरूले सांगठनिक रूपमा एकीकृत भएको घोषणा समेत गरेका छन्, जसमा १५ सदस्यीय एक कार्यसमिति चुनिएको  छ। ह्याकरहरूको एक दशक पुरानो चाओस कम्प्युटर क्लब नामक संस्थाको आयोजनामा विश्वभरका ह्याकरहरू पहिलो पटक बर्लिन कन्प|mे न्समा औपचारिक रुपमा भेला भएका थिए।

ह्याकरहरूको ध्यान अब स्मार्ट फोनतर्फ

स्मार्ट मोबाइल फोनलाई अहिलेसम्म अत्यन्त सुरक्षित अनलाइन कारोबार एवं सञ्चार साधन मानिन्छ, तर ह्याकरहरूले अब स्मार्ट फोनलाई  पनि आपmनो हमलाको निशाना बनाउन थालेका छन्। अमेरिकामा मात्र प्रतिमिनेट १ सय १३ वटा स्मार्ट मोबाइल फोनमाथि हमला हुने गाटर् नर नामक संस्थाले गरेको एक सर्वेक्षणले देखाएको छ। स्मार्ट फोन सिस्टमबाट सामान खरिद-बिक्री, बैंक ब्यालेन्स ट्रान्सफर, चेक भुक्तानीराजस्व चुक्ता, खाता सञ्चालनजस्ता आर्थिक कारोबार व्यापक मात्रामा हुन थालेपछि स्मार्ट फोनका डाटा एवं पासवर्ड चोरी हुन थालेको  भक्सा इन्क नामक संस्थाको अध्ययनको निष्कर्ष छ।

ह्याकरहरूले जुन २००४ मा सबैभन्दा पहिले मोबाइल भाइरस सार्वजनिक गरेका थिए। कम्प्युटर र मोबाइलसम्म मात्र सीमित भाइरसको  मुख्य निसाना अब स्र्माट फोन एप्लिकेसन त्यसमध्ये पनि गुगलको एन्ड्रोइड सपmटवेयर बन्न पुगेको छ। गुगलको एन्ड्रोइड एप्लिकेसन  अहिलेसम्म करोडौंको संख्यामा डाउनलोड भैसकेको छ।

विश्वका अधिकांश स्मार्ट मोबाइल फोन तथा टेबलेटहरू सुरक्षित छैनन्। कुल संख्यामा ५ प्रतिशतभन्दा पनि कम स्मार्ट फोन र टेबलेटमात्र  सुरक्षित छन्। क्रिप्जोन नामक संस्थाका प्रमुख कार्यकारी पिटर डेभिनले भने, 'थाहै नपाई मोबाइलको डाटा चोरिएको हुन सक्छ।' उनले भने-  'यदि स्मार्ट फोनको कुनै एप्लिकेसन वा सिस्टमले काम गर्दैन वा एप्लिकेसन सफ्टवेयर हराएको छ भने आफ्नो मोबाइलभित्रको संवेदनशील  डाटा चोरी भैसकेको हुनसक्छ।' डेलोटी नामक संस्थाले गरेको एकहप्ते अध्ययनमा सन् २०१२ मा मिडिया र टेलिकम क्षेत्रका डाटाहरू उच्च  जोखिममा पर्ने स्थिति रहेको देखाएको छ।

मोबाइल फोनमा हमलाको तरिका पहिलेकै जस्तो छ। यदि कुनै वेबसाइट खोलेर कुनै एप्लिेकेसन डाउनलोड गर्दै हुनुहुन्छ भने पक्कै तपाईंले  सेक्युरिटी फ्टवेयर पनि डाउनलोड गर्नुहुन्छ वा भाईसर क्लियर गर्नुहुन्छ। यदि त्यसो हो भने बुझ्नुहोस् तपाईंको मोबाइलबाट डाटा चोरी  हुने सम्भावना बढेको छ। संस्थाले स्मार्ट फोन चलाउनेहरूलाई सुरक्षित र सचेत रहन भनेको छ।

Monday, March 19, 2012

सय वर्षीयालाई ग्य्राजुएसन सर्टिफिकेट

टेक्सासकी एक सय वषर्ीया वृद्धाले ग्य्राजुएसन डिग्री हासिल गर्ने सपना पूरा गरेकी छन् । थेलमा डायस नामक ती वृद्धा युवावस्थामै ग्य्राजुएसन पूरा गर्न चाहन्थिन् । अनेक बाधा व्यवधानका कारण उनको सपना अधुरै थियो । तर, जीवनको अन्तिम क्षणमा भए पनि उनले आफ्नो सो सपना पूरा गरेकी छिन् ।

डायसा टेक्सासकी सबैभन्दा वृद्धा महिला हुन् । त्यो सहरमा उनीभन्दा जेठो कोही पनि छैनन् । सन् १९११ को १४ अपि्रलमा जन्मिएकी उनले आठ कक्षापछि अध्ययनलाई अघि बढाउन सकेकी थिइनन् । अध्ययन पूरा गर्न नसकेकोमा सधँै थकथकी मान्ने गरेकी उनले आखिरमा आफ्नो इच्छा पूरा गरेरै छाडिन् । उनले केही वर्षअघि दिएको एउटा अन्तर्वार्तामा आफूले युवावस्थामा कमजोर आर्थिक स्थितिका कारण पढाइ छाडी काम खोज्नुपरेको बताएकी छन् ।

टेक्सास सिटी इन्डिपेन्डेन्ट स्कुल डिस्टि्रक्ट सुपरिटेन्डेन्ट बब ब्रान्डे्रटले डायसको अन्तर्वार्ता पढेर उनको सपना पूरा गरिदिनतिर लागेका थिए । उनले डायसालाई अनरी हाइस्कुल डिप्लोमा दिने व्यवस्था मिलाए । डायसालाई जुन ३ तारिखमा क्लास अफ २०११ ग्य्राजुएसन सेरोमोनीमा डिप्लोको सर्टिफिकेट दिइँदै छ । स्कुल डिस्टि्रक्ट महिला प्रवक्ता मेलिसा टोरटोरिसीले डायसालाई डिग्रीका अलावा एउटा क्याप र गाउनसमेत दिइने बताएकी छन् । उनले डिग्री हासिल गरेको मजा पूर्ण रूपले लिन सकून् भनेर यसो गर्न लागिएको बताइएको छ । 

Tuesday, March 13, 2012

मिस्ट्री स्पट

क्यालिफोर्नियाको शान्त कुन्जमा रहेको एउटा पर्यटक स्थलले गुरुत्वाकर्षणको नियमलाई चुनौती दिएको छ । मिस्ट्री स्पट नामक सो ठाउँ १५० फिट ब्यासमा फैलिएको छ । सन् १९३९ मा पत्ता लागेको यो स्थान १९४० देखि आममानिसका लागि खुला गरिएको थियो । मिस्ट्री स्पटका सञ्चालकले उक्त स्थानमा फिजिक्स र गुरुत्वाकर्षणको नियम गलत साबित हुने दाबी गर्दै आएका छन् ।

मिस्ट्री स्पटका सञ्चालकले आफ्नो दाबी प्रमाणित गर्नका लागि विभिन्न प्रकारका प्रयोग गर्दै आएका छन् । त्यहाँको भिरालो जमिनमा मान्छे सीधासँग उभिन सक्छ । त्यति मात्रै होइन, त्यहाँका घरका भित्तामा मान्छे आरामले हिँड्न सक्छन् । त्यहाँ कुनै वस्तु कतै ढल्कँदैन ।
मान्छे सो स्थानमा त्यस्ता अचम्मका क्रिया हुनुलाई विभिन्न कोणले व्याख्या गर्छन् । कोही अर्का दुनियाँबाट आएका एलियन्सले त्यहाँ आफ्नो यानको चमत्कारी घातु गाडेर गएको र त्यसकै प्रभावले त्यहाँ गुरुत्वाकर्षणको नियम गलत हुन पुगेको बताउँछन् । अनि केहीले भने त्यहाँको जमिनबाट कार्बनडाइअक्साइड निस्कने र त्यसकै प्रभाव पर्ने अनुमान गर्छन् । कोहीले भने त्यहाँ अनेक विधि अपनाइएको छ । फरक-फरक मान्छेले फरक-फरक अनुमान लगाउने गरे पनि वास्तविकता के हो भन्ने अहिलेसम्म पत्ता लागेको छैन ।

Wednesday, January 25, 2012

सम्झने नयाँ तरीका

गाह्रो फन्टबाट पढ्नुस् सजिलै याद हुन्छ
आफूले पढेका कुरा सजिलै याद हुन्न भने अब नआत्तिनुस् । पढेको कुरा राम्ररी संझने यौटा नयाँ उपाय पत्ता लागेको छ । प्रिन्स्टन युनिभर्सिटीका अध्येताहरुको एक समूहले हालै पत्ता लगाए अनुसार गाह्रो अक्षरहरुबाट पढेको कुरा सजिलै याद हुन्छ ।

अध्येताहरुले विद्यार्थीहरुलाइ कठीन खालका फन्टहरु पढ्न दिइ १५ मिनेट पछि त्यसको कत्तिको याद भयो भनी परीक्षण गर्दा यो तथ्थ पत्ता लागेको हो । अध्ययन परिणाम अनुसार पाठ संझन गाह्रो हुने विद्यार्थीलाइ अप्ठ्यारा फन्टहरुमा पढाउने हो भने स्कुलहरुले राम्रो नतिजा हासिल गर्न सक्ने उनीहरुको दावी छ ।

अनुसन्धानमा संलग्न गराइएका २८ स्वयंसेवी विद्यार्थीलाइ ७ भिन्न भिन्न फन्टहरुमा लिखित एउटै सन्देश ९० सेकेन्डसम्म संझन लगाइएको थियो । सहभागी ती विद्यार्थीहरुमध्ये कसैलाइ पनि भिन्न भिन्न फन्ट दिइएको बारे जानकारी थिएन ।

पहिलो समूहलाइ १६ प्वइन्टको एरियल प्योर ब्ल्याक फन्ट दिइएको थियो जुन पढ्न सबैभन्दा सजिलो मानिन्छ । अरु समूहहरुलाइ पनि त्यही सन्देश तर १२ प्वइन्टको कमिक सान्स एम एस ७५ ग्रेस्केल वा १२ प्वइन्ट बोडोनी एमटी ७५ ग्रेस्केल दिइएको थियो । पाठ्य सन्देश ती सहभागीहरुलाइ १५ मिनेटसम्म दिइ उनीहरुले कति संझन सके भनी परीक्षण गरिएको थियो ।

परिणाम के निस्क्यो भने जुन जुन व्यक्तिलाइ गाह्रो फन्ट पढ्न दिइएको थियो उनीहरुले अरुहरुले भन्दा १४ प्रतिशत बढी संझेको पाइयो । बैज्ञानिकहरुका अनुसार डिस्फ्लुएन्सीको यो एउटा सकारात्मक परिणाम हो । अध्ययन प्रतिवेदनका सहलेखकहरुमध्येका एक प्राध्यापक ड्यानियल ओप्पेनहैमेरका अनुसार कुनै पनि पाठ खर्रर्र पढ्न नसक्नु भएनेको डिस्फ्लुएन्सी हो । यसलाइ हाम्रो मस्तिष्कको कार्यक्षमतामा आउने कठिनाइका रुपमा पनि बुझ्न सकिन्छ ।

यदि कुनै कुरा राम्ररी सुन्न वा बुझ्न सकिएन भने त्यो डिस्फ्लुएन्ट हुन्छ । त्यसरी डिस्फ्लुएन्ट हुँदा बुझ्नका लागि थप प्रयत्न गर्नुपर्छ । त्यस्तो कठीन प्रयत्नले कठीन कुरा पनि संझन मद्दत गर्ने अनुसन्धानकर्मीहरुको निष्कर्ष छ । अनुसन्धानबाट पत्ता लागेको यो तथ्य अब स्कुलहरुमा समेत प्रयोग गर्न आफूहरु एकदमै उत्साही भएको अध्येताहरुले बताएका छन् ।

Monday, January 23, 2012

हत्केलामा राख्न मिल्ने पीफोर प्रोजेक्टर

अहिले बजारमा आएको नयाँ प्रविधिमध्ये एएएक्सए पीफोर प्रोजेक्टर पनि एक हो। हत्केलामा राखेर चलाउन मिल्ने यो प्रोजेक्टर जति प्रोटेबल छ, त्यति नै चहकिलो र शक्तिशाली पनि। बजारमा आएकामध्ये सबैभन्दा लेटेस्ट यो पीफोर प्रोजेक्टर एमपी— १६० प्रोजेक्टरभन्दा दुई गुना शक्तिशाली छ। एउटा ठूलो हल वा बन्दकोठाको ठूलो पर्दाका लागि यो प्रोजेक्टर ठीक छ। बजारमा आएका अहिलेसम्मका प्रोजेक्टरको लाइट एकाई ३० लुमेन्स मात्र हुन्छ तर एएएक्सए पीफोर प्रोजेक्टरको लाइट एकाइ ८० लुमेन्स छ। ७५ मिनटसम्म टिक्ने ब्याट्री क्षमता भएकाले एउटा वर्क पेपर प्रस्तुत गर्न वा टेलिभिजन कार्यक्रमसहितको श्रव्यदृश्य सामग्री देखाउन पनि पर्याप्त छ, तर जंगल वा एकान्त ठाउँमा लगेर भिडियो हेर्न सकिँदैन। सोचेजस्तो सबै कुरा एउटैमा पाउन पनि सकिँदैन। यो प्रोजेक्टरका फिचर निम्न छन्।

उड्ने कुरा

तपाईं आकाशमा कति छिटो यात्रा गर्न चाहनुहुन्छ ? लन्डन र काठमाडांै चार घण्टामा ? यदि हो भने वैज्ञानिकहरूले तपाईंले सोचेभन्दा पनि छिटो उड्न सक्ने जहाजको परीक्षण गरेका छन्। काठमाडांैबाट लन्डन मात्र दुई घण्टामा र लन्डनबाट सिड्नी मात्र चार घण्टाको हवाई उडानबाट पुग्न सकिनेछ। सन् २०४० सम्म यात्रुहरूको सेवामा आउने अपेक्षा गरिएकोे उक्त हाइपरसोनिक जहाज आवाजभन्दा पाँच गुणा र अहिलेको सबैभन्दा बढी गतिको जहाजभन्दा ६ गुणा छिटो उड्न सक्छ।

उक्त जहाजको डिजाइन गर्ने काम युरोपियन स्पेस एजेन्सीअन्तर्गतको ल्यापक्याट ग्रुपले गरिरहेको छ। सन् २००३ मा कंकर्ड विमान सेवा बन्द भएपछि यात्रुहरूले टाढाको दूरीमा विमानबाट यात्रा गर्न पाएका छैनन्। कंकर्ड विमान सेवा बन्द भएपछि छिटो यात्राको युग समाप्त भएजस्तो लागे पनि वास्तविकता त्यस्तो छैन। वैज्ञानिकहरू कंकर्डभन्दा पनि भरपर्दो र तीव्र गतिको विमान बनाउन लागिपरेका छन्। एटु नाम राखिएको उक्त विमानको अवतरण र उडान प्रणाली सबसोनिक विमानको जस्तो हुनेछ भने उडान गति हाइपरसोनिक जहाजको जस्तो हुनेछ। आकाशमा तीव्र गतिका साथ उडान भर्ने बेलामा इन्जिन र बडीमा उत्पन्न हुन सक्ने तापको समस्यालाई पनि समाधान गरिने भएको छ।

Sunday, January 22, 2012

वेव डिजाइनिङ सिक्ने कसरी


साधारणतया व्यावसायिक रूपमा काम गर्नेहरूका दुईवटा बाटा हुन्छन्, कुनै आइटी कम्पनीमा जागिर खाने वा घरमै बसेर स्वतन्त्र रूपमा (फ्रिल्यान्सिङ) काम गर्ने। निजी र व्यावसायिक प्रयोजनका लागि वेबसाइट बनाउनु एउटै कुराजस्तो लागे पनि कुरा अलिकति फरक छ।

राम्रो वेबसाइट देख्दा तपाईंलाई लाग्दो हो, क्या दामी रै' छ। आकर्षक डिजाइन, चिटिक्क पारेर सजाइएका कन्टेन्ट, सुहाउँदो रंग देख्दा यस्तो लाग्नु स्वाभाविक हो। कतिलाई लाग्दो हो, मेरो पनि यस्तै वेबसाइट भैदिए हुन्थ्यो। त्यसो भए, राम्रा वेबसाइट कसरी डिजाइन गर्ने ?

सिर्जनात्मक व्यक्तिहरूका अनुभूति एवं विचार व्यक्त गर्ने उपयुक्त थलोका रूपमा विकसित हुँदैछन् वेबसाइटहरू, इन्टरनेटको बढ्दो प्रयोगले आज वेबसाइट बनाउन चाहनेहरूको संख्या पनि निकै छ। सूचना तथा प्रविधिभन्दा फरक विषय अध्ययन गरेका तर सूचना, प्रविधिमा चासो राख्नेहरू पनि उत्तिकै बढ्दैछन्। यस्तै अनुभव सुनाउँछन्, वेबडिजाइनर निर्मल ज्ञवाली। भन्छन्, 'मलाई दिनहुँ कम्तीमा आधा दर्जन यस्ता फोन आउँछन्।' उनको निजी वेबसाइट निर्मल डटकमडट एनपी हेरेर वेबडिजाइन सिकाइदिन धेरैले आग्रह गरेको निर्मलले सुनाए।

'त्यो सम्भव पनि छ,' प्रविधिमा चासो राख्ने तर ठ्याक्कै यही विषय अध्ययन नगरेकाप्रति लक्षित गर्दै निर्मलले भने। 'वेबसाइट बनाएरै राम्रो आम्दानी गर्न सकिन्छ।' त्यसो भए, कसरी व्यावसायिक रूपमै वेबसाइट बनाउन सकिन्छ ? हामीले दिनहुँ चलाउने राम्रा वेबसाइटहरू कम्प्युटर इन्जिनियरका उत्पादन मात्र पक्कै होइनन्, ती फरक-फरक विधाका सिर्जनात्मक व्यक्तिका सोचका प्रतिफल हुन्।

'वेब डिजाइनर', सोचले मात्र बन्न सकिँदैन। त्यसका लागि सीपको पनि आवश्यकता पर्छ। यदि व्यक्तिगत प्रयोगका लागि वा इन्टरनेट डायरीमात्र लेख्ने सोच छ भने इन्टरनेटको बजारमा उपलब्ध निःशुल्क ब्लग साइटहरूमार्फत पनि बनाउन सकिन्छ, तर व्यावसायिक रूपमै साइट निर्माण गर्ने हो भने धेरै कुरा सिक्नु आवश्यक छ। अब धेरै प्रश्न उब्जिएलान्। सिक्न त सिक्ने, तर कहाँ गएर सिक्ने ? कसरी सिक्ने ? कति समय लाग्छ ? कति पैसा खर्चिनुपर्छ ? यी सबै कुरा सम्भव छन्, तर त्यो सिक्ने व्यक्तिमा भर पर्छ। सिकारुको चाहना र कामप्रतिको लगावले नै त्यसको निर्धारण गर्छ, जसमा समय र पैसा दुवैको लगानी चाहिन्छ, साथै सिक्न तत्पर दृढ इच्छाशक्ति पनि।

पहिलो कुरा केका लागि सिक्दै छु भन्ने कुरामा स्पष्ट हुनुपर्छ। यदि वेबसाइट बनाउन सिकेर आफ्नो निजी साइट मात्र बनाउने हो भने धेरै परिश्रम गर्नु पर्दैन, तर पेसागत रूपमै अघि बढ्नु छ भने धेरै कुरा सिक्नुपर्छ। साधारणतया व्यावसायिक रूपमा काम गर्नेहरूका दुईवटा बाटा हुन्छन्, कुनै आइटी कम्पनीमा जागिर खाने वा घरमै बसेर स्वतन्त्र रूपमा (फ्रिल्यान्सिङ) काम गर्ने। निजी र व्यावसायिक प्रयोजनका लागि वेबसाइट बनाउनु एउटै कुराजस्तो लागे पनि कुरा अलिकति फरक छ। कुनै आइटी कम्पनीमा काम गर्दै हुनुहुन्छ भने तपाईंले कुनै एउटा विषयमा प्राविधिक ज्ञान हासिल गरे मात्र पनि पुग्न सक्छ, तर फ्रिल्यान्सिङ गर्ने सोच बनाउनुभएको छ भने आफ्नो सेवाको मार्केटिङ, सोसियल मिडियामा प्रमोसन, सर्च इन्जिन अप्टिमाइजेसन गर्ने धेरै जानकारी राख्नुपर्ने हुन्छ।

साधारण व्यावसायिक वेब डिजाइनिङ कसरी सिक्ने ? यसका लागि तीनवटा बाटा छन्, इन्स्टिच्युट, पुस्तक र इन्टरनेट। कुन माध्यम सजिलो लाग्छ ? त्यो आफ्नै छनोटमा भर पर्छ। यदि छिट्टै सिक्ने सोच बनाइएको छ भने तीनवटै माध्यम एकै पटक पनि प्रयोग गर्न सकिन्छ। नेपालको परिवेश हेर्दा धेरैलाई सजिलो लाग्ने र प्रभावकारी भैरहेको माध्यम इन्स्टिच्युट नै हो। यदि इन्टरनेटयुक्त सहरमा हुनुहुन्छ भने त समस्यै भएन, तर अलि दुर्गम ठाउँमा हुनुहुन्छ भने अलिकति कठिनाइ हुन सक्छ।

नजिकै कुनै वेब तालिम केन्द्र छ र राम्रो गुरु पनि फेला पर्न सकियो भने ३ देखि ६ महिनाको अवधिमा साधारण वेबसाइट निर्माण गर्न सफल भइन्छ। यसका साथै इन्टरनेटको सुविधा छ, यस सम्बन्धी केही पुस्तक पनि छन् र तिनीहरूको सदुपयोग गर्न सकियो भने अझ राम्रो हुनेछ।

वेबडिजाइनिङ पढाइ हुने थुप्रै इन्स्टिच्युट् छन्। जस्तो, कलेज अफ सफ्ट्वेयर इन्जिनियरिङ, एप्टेक कम्प्युटर एजुकेसन, एरिना मल्टिमिडिया, नेसनल वेब कलेज, ब्रोड वे इन्फोसिस, नेसनल कलेज अफ कम्प्युटर स्टडिज, आइटी टे्रनिङ नेपाल, सुपर ब्रेन वेब टेक्नोलोजी आदि। त्यसबाहेक अन्य राम्रा इन्स्िटच्यट्युट पनि छन्।

साधारणतः यी इन्स्टिच्युटहरूमा HTML/XHTML, CSS, Photoshop, Dreamweaver, Flash, PHP, MySQL, Javascript जस्ता कुरा सिकाइन्छ। टे्रनिङको समयअनुसार कम्तीमा ५ हजार रुपैयाँ लाग्छ भने अरू थप आफूले छानेको कोर्सका आधारमा पैसा खर्चिनुपर्छ। यदि इन्टरनेटमै पढ्ने हो भने सबैभन्दा राम्रा साइट कुन-कुन छन् ? त्यसका लगि गुगल, बिङ वा याहुमा सर्च गर्न सकिन्छ। राम्रा मानिएका केही w3schools, smashing magazine, lynda, web designer wall, six revisions, web designer depot, tutsplus, web design schools, make use जस्ता साइटबाट पनि ज्ञान बटुल्न सकिन्छ। यदि कम्प्युटरमै बसेर पढ्न चाहने हो भने इबुकहरू पनि फेला पार्न सकिन्छ। कतिलाई त कम्प्युटरमा बसेर पढ्न असहज लाग्छ। यदि त्यसो हो भने बजारमा वेब डिजाइनसम्बन्धी प्रशस्त पुस्तक उपलब्ध छन्। छानेर पढ्न सकिन्छ। कतिपय राम्रा पुस्तक लाइब्रेरीमा उपलब्ध नहुन पनि सक्छन्, त्यस्तो अवस्थामा नजिकैको पुस्तक पसलमा खोज्न सकिन्छ। कतिपय पुस्तक नजिकको स्टोरमा उपलब्ध नहुन पनि सक्छ। नाम थाहा भए मगाउन पनि सकिन्छ। केही उपयोगी पुस्तकको सूचीः

Learning Web Design: A Beginner’s Guide to (X)HTML, StyleSheets, and Web Graphics by Jennifer Niederst Robbins

Web Design: Navigation – Julius Wiedemann

Save the pixel: The art of simple web design by Ben Hunt

Web Development and Design “oundations with XHTML by Terry “eller-Morris

About “ace 3: The Essentials of Interaction Design by Alari Cooper

Build Your Own Web Site The Right Way Using HTML & CSS, 2nd Edition by Sitepoint Information Architecture for the World Wide Web: Designing Large-Scale Web Sites

Homepage Usability: 50 Websites Deconstructed

Professional Web Widgets with CSS, DOM, JSON and Ajax – Rajesh Lal and Lakshmi Chava

Designing Web Usability by Jakob Nielsen

Don’t Make Me Think: A Common Sense Approach to Web Usability by Steve Krug

“reelance Design in Practice – Cathy “isel