रहस्यको ठूलो पोको बोकेर मंगलग्रहतर्फ उडेको यान नउत्रुन्जेल वैज्ञानिकहरू ठूलो ढुकढुकीमा बसेका थिए । तर, सोमबार बिहान भने उनीहरूले सफलताको सास फेरेका छन् । जीवन खोजीका लागि पठाइएको अमेरिकाको नेसनल एरोनोटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) को अहिलेसम्मकै ठूलो रोबोट प्रविधियुक्त वैज्ञानिक प्रयोगशाला 'क्युरियोसिटी' बिहान मंगलग्रहको गहिरो भूमि 'गेल क्रेटर' मा सुरक्षित अवतरण गरेको छ । यसले बाह्य विश्वमा अमेरिकी नेतृत्वमा मंगलग्रहको अनुसन्धानलाई नयाँ आधार प्राप्त भएको छ ।
अन्तरिक्ष विज्ञानमै यो रोचक क्षण नजिकिँदै जाँदा वैज्ञानिकहरू पनि मुटुको ढुकढुकी थामेर बसेका थिए । ओर्लिएको संकेत पाउनेबित्तिकै यो मिसनको नियन्त्रण कक्ष अमेरिकाको क्यालिफोर्निया पासाडेनास्थित जेट प्रोपल्सन लेबोरेट्री (जेपीएल) मा वैज्ञानिकहरूले खुसियाली मनाउन थाले । दसवर्षे यो योजनामा ज्यान फालेर लागेका उनीहरूले हावामा हत्केला ठोक्काउँदै (चस) अंकमाल गरे ।
रहस्यको ठूलो पोको बन्दै आएको यो ग्रहका लागि सन् २०११ को २६ नोभेम्बरमा यान छोडिएको थियो । यो यानले झन्डै २४ हजार करोड माइल (५७ अर्ब किमि) को दूरी तय गरी मंगलग्रहमा पुगेको हो । 'न्युक्लियर फ्युल' ले सञ्चालन हुने यो यानले नासाको ओडिसे भूउपग्रह मार्फत करिब दुई वर्षसम्म सूचना सम्प्रेषण गर्नेछ । यो ग्रहको कक्षमा स्थापित छ ।
अमेरिका र बेलायतपछि छिमेकी मुलुक भारतका इन्जिनियरहरूले पनि यो योजनामा सहयोग गरेका छन् । यसलाई 'द मार्स साइन्स लेब्रोरेट्री रोभर 'क्युरियोसिटी' नाम दिइएको हो । मंगलग्रहमा यो नासाको चौथो यान हो । गेल क्रेटरभित्रको पाँच किमि अग्लो मध्य पहाडमा यसलाई पठाइएको छ । यो क्षेत्रमा पानीको अस्तित्व फेला परिसकेको छ ।
सन् १९९७ मा ओरालिएको पहिलो रोबोट रोभर (यान) भन्दा यो चार गुणा ठूलो छ ।
महत्त्वपूर्ण भूमिका निभाउने एड्म स्टेल्त्ज्नेरले यो मिसनको बारेमा भने, 'सडकमा उभिरहेका सर्वसाधारणले यसलाई पागलपन भन्नेछन्, कहिलेकाहीं हामीलाई पनि यो पागलपन नै लाग्छ ।' जसले जे भने र सोचे पनि यो अभियानमा २ दशमलव ५ अर्ब डलर खर्च भएको छ । आँखाले सुन्दर समतल थलोमा यो बसेको देखेकोमा उनले आनन्द महसुस गरेको बताए ।
नासाका वैज्ञानिकहरूले एक अति विकसित चल्ताफिर्ता प्रयोगशाला अन्तरिक्षमा पठाएको छ । यो प्रयोगशालाबाट प्रवाह हुने जानकारी मंगलग्रहको भूमिमा लुकेको इतिहासलाई बुझ्नमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ । रकेटको सहयोगबाट चल्ने 'क्रेन' को सहायताले यो यानलाई उतारिएको थियो ।
'यो निकै महत्त्वाकांक्षी र परम्परा विपरीत छ, यसको असफलतामा बहाना बनाउन सकिन्न,' स्टेल्त्ज्नेरले भने, 'मैले राम्रो मार्ग छनोट गरे पनि भाग्य खराब थियो पनि भन्न पाइन्न ।' यो यात्रालाई मंगलग्रहमा प्रवेश, सतहतिर आउनु र अवतरण गरी तीन भागमा विभाजित गरिएको थियो । अद्भुत किसिमको कवजमा ढाकिएको मार्स रोभरको तौल ९ सय किलोग्राम छ ।
नासाले पहिलो पटक यस ढाँचाको र यति ठूलो कवच बनाएको हो । हजारौं किलोमिटर प्रतिघन्टाको गतिले तल हुइँकिँदा उत्पन्न हुने २ हजार डिग्रीको तापक्रमबाट बचाउन यो कवच बनाइएको हो । मंगलग्रहको वातावरणमा प्रवेश गर्दा यसको गति २० हजार किलोमिटर प्रतिघन्टा थियो ।
छदेखि आठ मिनेटभित्र यसको चक्का मंगलग्रहको सतहसँग ठोक्किँदा यसको गति एक मिटर प्रतिसेकेन्डभन्दा बढी नहुनुपर्ने हो । तर, २० हजार किमि प्रतिघन्टाबाट एक मिटर प्रतिसेकेन्डमा आउनु निकै जटिल योजना थियो । यसो गर्नलाई रोभरको सुरक्षा कवचलाई खास मार्ग र खास कोणबाट तल आउनुपर्ने थियो । यो प्रक्रियाको क्रममा भारी तौलको केही टुक्रा सुरक्षा कवचबाट अलग्गियो । केही सेकेन्डमा बाहिरिएको रकेटले यसको बबाल गतिलाई कम गर्यो । यसको गतिलाई कम गर्न यो पर्याप्त थिएन ।
मंगलको सतहभन्दा करिब १ दशमलव ५ किलोमिटर माथि हुँदा पछाडिबाट निस्केको सुपर सैनिक सुपरसोनिक प्यारा सुटले यसको गतिलाई केही कम गर्दै ४ सय ५० किलोमिटर प्रतिघन्टामा झार्यो । सुरक्षित अवतरणका लागि यो गति बढी नै थियो । अवतरणको अन्तिम चरणमा भित्री रोभरलाई खरानी हुनबाट बचाइरहेको एक कवचको टुक्रा अलग भयो । यसपछि रकेटले जोडिएको उड्ने क्रेन निस्केर रोभरलाई सुरक्षित थलोमा छाडेर गयो । पृथ्वीमा नियन्त्रणबिना 'अटोमेटिक' अर्थात् स्वचालित ढंगले भएकाले सबै आश्चर्यमा परे ।
सन् १९७० को दशकदेखि सन् २००८ को फिनिक्स अभियानसम्म मंगलको हरेक रोभर अभियानमा ग्रहमाथि ओर्लिनलाई पहिलेको भन्दा राम्रो प्रणाली थियो । तर, पहिलो पटक मंगलग्रहको सबभन्दा गहिरो खाल्डोमा यसलाई ओराल्ने प्रयास गरिएको थियो । यसअघिसम्म वैज्ञानिकले यन्त्रलाई सुरक्षित राख्न रोभरलाई ग्रहको सतहसम्म पुर्याउँथे । यस पटक भने पत्थरको अध्ययन गर्नलाई सबभन्दा ढुंगे सतहमा वैज्ञानिकले यसलाई ओराल्ने चाहना राखेका थिए । मंगलमा जीवनको रहस्य यसको पत्थर र चट्टानमा लुकेको वैज्ञानिकहरूको ठम्याइ छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाका वैज्ञानिक सल्लाहकार जोहन होल्डे्रनले यो अवसरमा टिप्पणी गर्न चुकेनन् । 'ग्रह खोजको इतिहासमा हरेक दृष्टिकोणले अहिलेसम्म प्रयास गरिएको सबभन्दा चुनौतीपूर्ण मिसन हो,' उनले भने ।
यानको पछाडिको भागमा राखिएको क्यामेराले पांग्राले मंगलको धर्तीमा छोएको धूले चित्र पठाएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले उक्त उपलब्धि अमेरिकी गौरवको एकल स्रोत भएको दाबी गरेका छन् । 'अर्को ग्रहमा हालसम्म अवतरण गराइएको सबैभन्दा जटिल प्रयोगशालायुक्त गाडी क्युरोसिटीको सफलतापूर्वक अवतरणले प्रविधिमा अभूतपूर्व उपलब्धि दिएको छ, यो भविष्यमा राष्ट्रिय गौरवको विन्दुको रूपमा रहनेछ,' राष्ट्रपति ओबामाले एक विज्ञप्तिमा भनेका छन् । उनले अमेरिकी सिर्जनात्मक क्षमता तथा दृढताको मौलिक संगमसँग कुनै पनि दीर्घ कठिनाइले चुनौती दिन नसक्ने दाबी गरेका छन् ।
सन् १९६० मा आरम्भ भएको विश्वव्यापी अन्तरिक्ष अभियानमा यसअघि मंगलमा अवतरण गर्ने, त्यसको कक्षमा घुम्ने र मंगल नजिकै अन्तरिक्ष यान पुग्ने प्रयासमा ४० प्रतिशत मात्र सफलता प्राप्त भएको थियो । नासाले यसअघि मंगलग्रहका लागि भाइकिङ १ तथा २ (सन् १९७६), पान्थर (सन् १९९७), स्पिरिट तथा अपरचुनिटी (सन् २००४) तथा फोनिक्स (सन् २००८) अभियान चलाएको थियो । फ्रान्सको टुलुज अन्तरिक्ष केन्द्र तथा मंगल विज्ञान प्रयोगशाला तथा जिज्ञासामा करिब १ हजार व्यक्तिले उक्त रातो ग्रहमा फ्रान्सेलीहरूले सञ्चालन गर्ने दुई उपकरणका साथमा उक्त गाडी अवतरण भएको हेरे ।
फ्रान्सको सिनेस अन्तरिक्ष अनुसन्धान केन्द्रका मार्क पिचरले गाडीको अवतरण रहस्यले भरिएको कुरा रहेको र अब वैज्ञानिकहरूका लागि फाइदा आरम्भ भएको उल्लेख गरे । टुलुज अन्तरिक्ष केन्द्रले फ्रान्सेली मंगल उपकरण सञ्चालन केन्द्रलाई क्युरियोसिटीमा रहेको दुई उपकरण केमक्याम तथा मिश्रण विभाजन यन्त्र साम जीसीलाई सञ्चालन गर्न सहयोग गर्नेछ । केमक्याम (रासायनिक क्यामरा) ले ढुंगा तथा माटोलाई विश्लेषण गर्नेछ र वैज्ञानिकहरूको अभिरुचिलाई विचार गर्नेछ । साम जीसीले त्यहाँ रहेका ग्यासका प्रकार, यसको मापन तथा पहिचानमा विश्लेषण गर्नेछ ।

👍 Great and informative post!
ReplyDeleteThis article provides useful insights, and the way it covers topics related to jobs and opportunities makes it really helpful for those seeking Sarkari Naukri. Thanks for sharing! 😊