Thursday, December 22, 2011

क्यान्सर निर्मुल पार्ने औषधी चाँडै

वैज्ञानिकहरुले क्यान्सरबाट पिडितहरुका लागि खुसी प्रदान गर्ने भएका छन् । क्यान्सरको औषधी वनाउने अनुसन्धानमा लागेका वैज्ञानिकहरुले यसको उपचारका लागि सटिक उपचार पद्धति विकास गरेको दावी गरेका छन्। उनीहरुले ट्यावलेटको रुपमा क्यान्सरको औषधी पाँच वर्षमा बजारमा ल्याउने बताएका छन्। आमाशय, स्तन, मृर्गौलाको क्यान्सरमा फाइदाजनक हुने दावी गरिएको ट्यावलेटको रुपमा उपलव्ध हुने औषधी अन्य सवै किसिमको क्यान्सरको उपचारका लागि पनि फाइदाजनक हुने दावी गरिएको छ। साइड इफेक्ट अत्यन्तै कम हुने दावी गरिएको यस किसिमको औषधीले क्यान्सरको उपचार पद्धती नै वदलिदिने दावी गरिएको छ।
क्यालिफोर्निया यूनिभर्सिटीको अनुसन्धान समुहले हालै आफ्नो अनुसन्धानको बारेमा नेचर मेडिसिन पत्रिकालाई वताएका थिए। पत्रिकाका अनुसार  केजी ५ नामको सो औषधीले क्यान्सरको कोशिका र यस्को संरचना वढाउने (प्रोलिफेरेशन)लाई रोक्ने वताइएको छ। औषधीले क्यान्सरका कोशिकाहरुलाई निर्मुल पार्ने र विस्तारै सवै क्यान्सरका कोशिकाहरुलाई सिध्याउने बताइएको छ। पत्रिकाका अनुसार औषधीले रगतको वहावलाई क्यान्सरका कोशिकासम्म पुग्न पनि रोक्ने छ।
अनुसन्धान समुहका नेता डेविड चेरेशका अनुसार केजी ५ले क्यान्सरको परम्परागत उपचार पद्धतीलाई नै पुरै परिवर्तन गरिदिनेछ। अहिलेको उपचार पद्धती अनुसार विरामीलाई प्रदान गरिने औषधीले ट्यूमर फैलाउने प्रोटीन ‘आरएएफ इन्जाइम’को गतिविधि रोक्छ। तर केजी ५ले भने आरएएफको संरचनामा नै परिवर्तन गरिदिन्छ। आरएएफलाई अहिलेसम्म ट्यूमर वढाउने इन्जाइमको रुपमा लिइन्थ्यो तर ट्युमर भएका कोशिकाको विभाजनमा यसको भुमिकाको बारेमा पहिलोपटक तथ्य वाहिर आएको छ।  नयाँ औषधि केजी ५ले ट्युमर भएका कोशिकालाई विभाजनका क्रममा नयाँ कोशिकालाई आरएएफसँग छुट्टयाइदिन्छ। जस्ले गर्दा स्वस्थ कोशिकालाई ट्युमर भएका कोशिकाबाट कुनै हानि हुँदैन।  यस अपचार पद्धतीमा औषधीको पनि कुनै  साइड इफेक्ट नहुने समेत बताइएको छ। हाल उपचारमा गरिने क्यान्सरको उपचारमा ट्युमर भएका कोशिकाका अलावा अन्य स्वस्थ कोशिका पनि नष्ट हुने गर्दछ। यहि कोशिका नष्ट हुने कारणले साइड इफेक्ट देखिन्छ। हाल प्रयोगमा रहेका औषधीले जस्तो केजी ५ले  ट्यूमर विरुद्ध आप्नो प्रभाव देखाउन रोकिन्न।
जनावर र क्यान्सर भएका केहि विरामीको ट्युमर उपर केजी ५को परिक्षण भएको अनुसन्धानकर्ताहरुले बताएका छन्। सो परिक्षण पछि पहिले बनाएको भन्दा सय गुणा ज्यादा प्रभावकारी औषधी वनाइएको बताइएको छ। आउने १८ महिनामा नयाँ औषधी क्यान्सरका विरामीमा परिक्षण गरिने विश्वास पत्रिकामा उल्लेख गरिएको छ।

Wednesday, December 21, 2011

सबैभन्दा उच्च गतिको

अमेरिकाको म्यासाच्युट्स इन्स्टिच्युट्स अफ टेक्नोलोजीको मिडिया ल्याबमा कार्यरत तीनजना वैज्ञानिकहरुले  विश्वकै सबैभन्दा उच्च गतिको क्यामेरा निर्माण गरेका छन्।  भारतीय मूलका सहप्राध्यापक रमेश रास्कर तथा एन्डि्रया वेल्टन र माउंगी बावेन्दी द्धारा बनाइएको उक्त क्यामेराले एक सेकेण्डमा १ खर्ब वटा तस्वीर खिच्न सक्ने बताइएको छ।
प्रकाशको गतिमा रहेको कुनैपनि वस्तुको समेत तस्वीर खिच्न सक्ने यो क्यामेराको निर्माण गर्न २ करोड रुपैयाँ भन्दा बढि खर्च भएको छ। वैज्ञानिकहरुले यसको नाम   द वल्र्ड स्लोवेस्ट फास्टेस्ट क्यामरा राखेका छन्।
विश्वमा हालसम्म सबैभन्दा बढी क्षमताको क्यामेराले एक सेकेण्डमा २५ वटासम्म तस्वीर खिच्न सक्छ। यो क्यामेरा सबैभन्दा तेज टि भि क्यामेरा भन्दा ४० अर्ब गुणा बढी क्षमता रहेको छ।
यसले प्रकाशको सबैभन्दा सुक्ष्म तरंग (फोटोन) लाई समेत क्याप्चर गरी डाटालाई आफ्नो सफ्टवेयरमा रेकर्ड गर्छ ।

सृष्टिको रचना गर्ने तत्व

ब्रम्हाण्डको उत्पत्तीबारे अनुसन्धान ‘महाप्रयोग’मा जुटिरहेका वैज्ञानिकहरुले ब्रम्हाण्ड तथा सृष्टिको रचना गर्ने अद्भुत तत्व फेला परेको दाबी गरेका छन् । वैज्ञानिकहरुले स्विजरल्याण्ड र फ्रान्सको सिमा क्षेत्रमा २७ मिटर लामो सुरुङ भित्र अनुसन्धान गरिरहेका थिए। उनिहरुले हिग्स बोसोन भनिने अद्भुत तत्व देखा परेको बताएका छन्।
अहिलेसम्म अदृश्य र अज्ञात तत्वको रुपमा रहेको हिग्स बोसोनको एक झलक आफुहरुले देखेको र यसलाई यकिन गर्न गाह्रो भएको वैज्ञानिकहरुले बताएका छन्। यसको लागी  आउँदो महिना अर्को अध्ययन गर्ने वैज्ञानिकहरुको भनाइ छ ।
हिग्स बोसोनका कारण कुनैपनि पदार्थमा पिण्ड सिर्जना हुने र यसकै कारण सृष्टिको रचना समेत सम्भव भएकाले त्यसलाई इश्वरीय तत्व अर्थात ‘गड पार्टिकल’ समेत भन्ने गरिएको छ ।
यस तत्वको खोजीमा सफलता मिलेमा वैज्ञानिकहरुले ब्रम्हाण्डको उत्पत्तीका विषयमा रहेका विभिन्न रहस्य खुल्दै जाने बताएका छन्।

सौर्यमण्डलबाहिर पृथ्वी जत्रै दुई ग्रह

खगोलविद्हरुले पहिलोपटक पृथ्वीकै आकारका २ वटा ग्रह पत्ता लगाएका छन् । सौर्यमण्डलबाट धेरै टाढा रहेका ती ग्रहहरुले सूर्यजस्तै एक तारालाई परिक्रमा गर्ने खगोलविद्हरुको भनाई छ । 
पृथ्वीका जुम्ल्याहा ग्रह जस्ता रहेका ती ग्रहमा इतिहासमा कुनै समय जीवको अस्तित्व रहेको  हुनसक्ने खगोदविद्हरुले बताएका छन् । अध्ययन टोलीका प्रमुख तथा क्याम्ब्रिज विश्वविद्यालयको खगोलीय भौतिक विज्ञान केन्द्रका वैज्ञानिक डा. फ्रान्कोइस फ्रेसिनले पृथ्वीजस्ता ग्रहहरु पत्ता लगाउने विषयमा यसले नयाँ अध्याय शुरु गरेको बताउनुभयो  ।  
 
पछिल्लो खोज सौर्यमण्डल बाहिरका ग्रहहरुमा गरिएको खोजमध्ये अहिलेसम्मकै निकै महत्वपूर्ण खोज रहेको दाबी गरेका छन् । नयाँ फेला परेका ग्रहको नाम ‘केप्लर ट्वान्टी इ’ र ‘केप्लर ट्वान्टी एफ ’ राखिएको छ ।

Monday, December 12, 2011

सफ्टवेयर डाउनलोड गर्ने उत्कृष्ट १० साइट


यो जमाना ओपन सोर्स सफ्टवेयरको हो । विभिन्न सफ्टवेयर, कम्प्युटर गेम, डा्रइभर, गीतसंगीत सुन्न तथा भिडियो हेर्नका लागि मिडिया प्लेयर आदि किनिरहनु पर्दैन ।
सफ्टवेयरलाई उत्पादन र स्वामित्वका दृष्टिले व्यावसायिक र ‘फ्रि एण्ड ओपन सोर्स’ गरी दुई प्रकारमा बाँड्न सकिन्छ । इन्टरनेटको दुनियामा कम्प्युटर सफ्टवेयर निशुल्क डाउनलोडको सुविधा दिने धेरै साइटहरु छन् । यस्तो सुविधाका लागि विश्वमा नै नाम कहलिएका साइटहरु निम्न छन् ।
www.download.com: यो वेबसाइट ओपन सोर्स सफ्टवेयर डाउनलोडका लागि निकै नाम चलेको साइट हो । यसमा विन्डोज तथा म्याकका सफ्टवेयर, मोवाइल एप्लिकेसन सहित अन्य वेब एप्लिकेसन डाउनलोड गर्न सकिन्छ । विभिन्न एन्टिभाइरस, बा्रउजर, अडियो भिडियो प्लेयर, गा्रफिक डिजाइन प्रोग्राम पनि यसबाट डाउनलोड गर्न सकिन्छ ।
www.soft32.com: यो साइटमा पनि कम्प्युटर गेम, भ्वाइस तथा भिडियो च्याट, आइफोन एप्लिकेसन, वेब डेभलप्मेन्ट र डिजाइनसँग सम्बन्धित शयौँ सफ्टवेयर निशुल्क डाउनलोड गर्न सकिन्छ ।
जेड डि नेटः यो साइटले डाउनलोड गर्न सजिलो होस् भनेर उपलब्ध सफ्टवेयरलाई विभिन्न २१ ओटा क्याटेगोरीमा बाँडेको छ । बा्रउजर, व्यवसायिक सफ्टवेयर, सञ्चारसँग सम्बन्धित सफ्टवेयर, डा्रइभर, भिडियो गेम, टा्रभलसँग सम्बन्धित कम्प्युटर पो्रगा्रम आदि यो साइटमा उपलब्ध छन् ।
सफ्टपेडिया डट कमः लिनक्स, विन्डोज तथा म्याकका विभिन्न सफ्टवेयर यो साइटबाट डाउनलोड गर्न पाइन्छ । त्यति मात्र होइन, यो साइटमा ठुलो संख्यामा मोबाइल एप्लिकेसन र भिडियो गेम पनि डाउनलोड गर्न सकिन्छ ।
फाइलक्लस्टर डट कमः ओपन सोर्स सफ्टवेयर डाउनलोड गर्नका लागि यो साइट पनि निकै प्रयोग गरिन्छ । यसबाट विन्डोज, म्याक लागायतका विभिन्न अपरेटिङ सिस्टमका सफ्टवेयर, मोवाइल एप्लिकेसन, एन्टिभाइरस, बा्रउजर, अडियो भिडियो प्लेयर, गा्रफिक डिजाइन प्रोग्राम डाउनलोड गर्न सकिन्छ । त्यस्तै क्यामेरा, मदरबोर्ड तथा किबोर्डका डा्रइभर पनि डाउनलोड गर्न सकिन्छ ।
फाइलहिप्पो डट कमः यो साइट ओपन सोर्स सफ्टवेयर डाउनलोडका लागि निकै प्रउोग गरिन्छ । बा्रउजर तथा प्लगिन्स, डेस्कटप एप्लिकेसन, फोटो, अफिस पा्रेगा्रम, एन्टिभाइरस, अडियो भिडियो पो्रगा्रम आदि यो साइटमा निशुल्क डाउनलोड गर्न सकिन्छ । यो साइटमा शय भन्दा बढी ओपन सोर्स सफ्ट्वेयर राखिएको छ ।
मोबाङ्गो डट कमः यो साइट मोबाइल एप्लिकेसन डाउनलोड गर्नका लागि चर्चित मानिन्छ । यसमा मोबाइलका लागि चाहिने सफ्ट्वेयर, गेम, भिडियो, रिङटोन तथा वालपेपर समेत डाउनलोड गर्न सकिन्छ ।
टुकाउज डट कमः तीब्र गतिमा एप्लिकेसन तथा सफ्ट्वेयर डाउनलोडका लागि यो वेबसाइटलाई निकै रुचाइन्छ । यो साइटमा पनि सयौँ नयाँ पुराना सफ्टवेयर संग्रहित छन् जुन आवस्गकता अनुसार निशुल्क डाउनलोड गर्न सकिन्छ । यसमा सफ्ट्वेयरका अतिरिक्त तिनलाई कसरी प्रयो गर्ने भन्ने ट्युटोरियल समेत डाउनलोड गर्न सकिन्छ ।
फ्रिवेर फाइल्स डट कमः यो वेबसाइट ओपन सोर्स सफ्टवेयर तथा एप्लिकेसन निशुल्क डाउनलोड गर्न सकिन्छ । बा्रउजर, विभिन्न सफ्टवेयरका प्लगिन्स, डेस्कटप एप्लिकेसन, अफिस पा्रेगा्रम, एन्टिभाइरस, अडियो तथा भिडियो एप्लिकेसन गरी शय भन्दा बढी ओपन सोर्स सफ्ट्वेयर राखिएको छ ।
ब्रदरसफ्ट डट कमः विन्डोज, लिनक्स, म्याक जस्ता अपेटिङ सिस्टमका विभिन्न सफ्टवेयर, बा्रउजर, अडियो भिडियो एप्लिकेसन, मोबाइल एप्लिकेसन, एन्टिभाइरस आदि यो वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ । यि बाहेक अन्य शयौँ ओपन सोर्स सफ्टवेयर पनि यो साइटमा डाउनलोडका लागि उपलब्ध छन् । 

कस्को आम्दानी कति ?


विश्वमा सबैभन्दा बढी हेरिने वेवसाइट हो गुगल । गुगलका नियमित प्रयोगकर्ता प्रति महिना ९० करोड भन्दा बढी छन् । एक सेकेण्डमा गुगलले करिब ५५ हजार नेपाली रुपैयाँ कमाउँछ । गुगलले आफ्नो आम्दानीको करिब ९७ प्रतिशत हिस्सा विज्ञापनवाट उठाउँछ । 
 
गुगलपछि सबैभन्दा बढी हेरिने अर्को साईट हो फेसबुक । यसका करिब ७० करोड मासिक प्रयोगकर्ता छन् । धेरै हेरिने साईट भएपनि आम्दानीका हिसाबले यो गुगल भन्दा निकै पछि छ । फेसबुकको प्रति सेकेण्ड आम्दानी करिब २२ सय नेपाली रुपैयाँ रहेको छ । फेसबुकको पनि आम्दानीको मुख्य श्रोत विज्ञापन नै हो । 
 
त्यसैगरी याहु सबैभन्दा धेरै हेरिने तेश्रो साईटमा पर्छ । याहुका लगभग ५० करोड मासिक प्रयोगकर्ता छन् । याहुको प्रतिसेकण्ड आम्दानी भने करिब १५ हजार नेपाली रुपैयाँ रहेको छ । न्युज, मेल, म्याप, मुभिज लगायतका विभिन्न सेवा रहेको याहुको आम्दानीमा पनि विज्ञापनको ठूलो भूमिका छ । 
 
करिब ४५ करोड मासिक प्रयोगकर्ता रहेको युट्युव सबैभन्दा बढी हेरिने वेवसाईटको चौथो नम्बरमा पर्छ । यसको प्रतिसेकण्ड आम्दानी करिब ११ सय रुपैयाँ छ । युट्युवमा निशुल्कः भिडियो अपलोड गरेर शेयर गर्न पनि सकिन्छ । यसको पनि आम्दानीको श्रोत भनेको बिज्ञापन नै हो ।  
 
माथि उल्लेखित साईटको तुलनामा थोरै प्रयोगकर्ता भएपनि सबैभन्दा धेरै कमाउने साईट चाँहि अमाजन हो । करिब ३२ करोड ५० लाख मासिक प्रयोगकर्ता रहेका अमाजनको प्रतिसकेण्ड आम्दानी भने करिब ५७ हजार नेपाली रुपैयाँ छ । अमाजनले इन्टरनेट मार्फत किताव तथा विभिन्न सामानहरुको विक्री गर्छ ।

फेसबुकका ११ रोचक तथ्य


फेसबुक विश्वमा सबैभन्दा बढी प्रयोग गरिने सोसल नेटवर्किङ साइट हो । सन् २००४ देखि सुरु गरिएको फेसबुक विश्मै गुगल पछि धेरै हेरिने साइटमा पर्छ ।
तपाईँले सधैँजसो हेर्ने फेसबुकका केही रोचक कुरा यस्ता छन् । 
१. यसका ८० करोड सक्रिय प्रयोगकर्ता छन् । 
२. एक प्रयोगकर्ताका सरदरमा १३० जना साथी छन् । एक प्रयोग कर्ता सरदरमा ८० ओटा कम्युनिटी पेज, ग्रुप वा इभेन्टस्मा संलग्न भएका छन् । 
३. फेसबुकमा एक दिनमा कम्तिमा २५ करोड तस्बीर अपलोड हुन्छन् । 
४. फेसबुक ७० भन्दा धेरै भाषामा उपलब्ध छ । भाषाका कारण ३ लाख भन्दा धेरै प्रयोगकर्ताले कुनै न कुनै ट्रान्सलेटरको प्रयोग गरेर फेसबुक चलाउँछन् । 
५. ७५ प्रतिशत भन्दा धेरै प्रयोगकर्ता संयुक्त राज्य अमेरिका भन्दा बाहिरका छन् । 
६. फेसबुकमा ७० लाख भन्दा धेरै एप्लिकेसनहरु उपलब्ध छन् । 
७. ३५ करोड फेसबुकका प्रयोगकर्ताले मोबाइलबाट फेसबुक चलाउँछन् । 
८. यदी फेसबुकलाई देश मान्ने हो र प्रयोगकर्तालाई यसका नागरिक, यो चीन र भारत पछि जनसंख्याका हिसाबले सबैभन्दा ठुलो देश हुन्थ्यो । 
९. एक दिनमा एक जना फेसबुक प्रयोगकर्ताले ५५ मिनेट फेसबुक चलाउँछन् । 
१०. फेसबुकले सन् २०१० मा मात्र झण्डै १ खर्ब ६० अर्ब रुपैँया अर्थात २००० मिलियन डलर कमाएको थियो । 
११. फेसबुक चीन, भियतनाम, ईरान, उज्बेकिस्तान, पाकिस्तान र सिरियामा प्रतिबन्धित छ । बंगलादेशमा पनि यसमा अपलोड गर्ने सामाग्रीमा निकै निगरानी राख्ने गरिन्छ ।

Friday, December 9, 2011

विद्रोहीसँग लड्न मुसालाई तालिम

विश्वका धेरै देशमा सरकारविरुद्ध विभिन्न सशस्त्र समूह संघर्षरत छन् र त्यस्ता विद्रोही समूहविरुद्ध लड्न सरकारले विभिन्न उपाय अपनाउने  गरेका छन्। कतिपय देशले घातक तथा विध्वंसकारी हतियार खरिद गरेर विद्रोहीको मुकाबिला गरिरहेका छन्, तर कोलम्बिया सरकारले भने  देशमा क्रियाशील वामपन्थी फार्क विद्रोहीविरुद्ध लड्न अनौठो उपाय अपनाएको छ। कोलम्बिया सरकारले विद्रोहीविरुद्ध लड्न मुसाको फौजलाई  तालिम दिइरहेको छ। विद्रोहीहरू गुरिल्ला युद्धमा सक्रिय रहेका र उनीहरूले थाप्ने विद्युतीय धराप धनजनको क्षतिको मुख्यकारक बनिरहेको  अवस्थामा सुरक्षा निकायले बारुदी सुरुङ पत्ता लगाउने तालिम सेता मुसाको एक समूहलाई दिइरहेको छ। मुसाका लागि चलिरहेको तालिम  पूरा भएपछि पोख्त भएका मुसाको फौजलाई ंहिंसाग्रस्त क्षेत्रमा खटाइनेछ, जहाँ उनीहरूले बारुदी सुरुङ बिछयाइएका क्षेत्रको पहिचान गरेर  सुरक्षाफौजलाई जानकारी दिनेछन्।

निःशुल्क SMS पठाउने सफ्टवेयर

एउटा मोबाइलबाट अर्को मोबाइलमा लिखित सन्देश -एसएमएस) पठाउन अब खर्च नलाग्न सक्छ किनभने हालै एउटा सफ्टवेयरको विकास  भएको छ जसको माध्यमवाट निःशुल्क एसएमएस पठाउन सकिन्छ। भारतीयमूलका सवीर भाटियाको कम्पनी ज्याक्सटर इंकले उक्त सफ्टवे यर हालै सार्वजनिक गरेको हो। सन् १९९६ मा ज्याक स्मिथसँग मिलेर भाटियाले हटमेल बनाएका थिए। पछि उक्त हटमेल बिल गेट्सको  कम्पनी माइक्रोसफ्टलाई बेचिएको थियो। तिनै भाटियाले मोबाइलको संसारमा नयाँ क्रान्ति ल्याएका हुन्। निःशुल्क एसएमएस पठाउन मिल्ने  'ज्याक्स्टर एसएमएस' नामको उक्त सफ्टवेयर हालै मुम्बईमा सार्वजनिक गरियो। निःशुल्क एसएमएसको विकासलाई मोबाइल सेवा प्रदायक  कम्पनीले कसरी लिनेछन्, यो अर्कै कुरा हो। यद्यपि ज्याक्सटर एसएमएसले विश्वका करिब दुई सय देशका सेवाग्राहीलाई प्रभावित बनाउनेछ।

ज्याक्सटर एसएमएस कुनै पनि मोबाइल फोनमा प्राप्त गर्न सकिनेछ। सन्देश प्राप्त गर्ने मोबाइलधनीसँग यो सफ्टवेयर हुन आवश्यक छैन।  त्यसो त यो यस्तो सफ्टवेयर हो, जसका लागि प्रयोगकर्ताले कुनै इन्टरनेट एप्लिकेसन डाउनलोड गरिरहनु पर्दैन। आइफोन, एन्ड्रोइड,  ब्ल्याकबेरी जस्ता मोबाइल प्लेटर्फममा यो सफ्टवेयर सजिलै डाउनलोड गर्न सकिन्छ। भाटियाले भनेका छन्- '१५ वर्षअघि हामीले विश्वलाई  हटमेल उपहार दिएका थियौं, आज ज्याक्सटर एसएमएस दिँदैछौं।'

Thursday, December 8, 2011

दस वर्षमै आमा

मेक्सिकोमा एक १० वर्षीय बालिकाले ३१ साताको गर्भपछि शिशु जन्माएकी छिन्। चिकित्सकहरूका अनुसार आमा र बच्चा अहिले स्वास्थ्यका  दृष्टिकोणले खतरा मुक्त भए पनि कलिली आमाको भविष्य के हुने हो भन्ने कुरामा निश्चिन्त हुन सक्ने अवस्थामा छैन। मेक्सिकोमा १२ वषर् मुनिका बालिकाले आफूलाई यौन हिंसा भएको प्रमाणित नगरी गर्भपतन गर्न नसक्ने कानुन छ। त्यहाँ बालिकाले आफूविरुद्ध यौन हिंसा भएको  प्रमाणित नगरी गर्भपतन गरे आजीवन कारावासको सजाय भोग्नुपर्छ। यही कारणले यौन हिंसामा परेका बालिकाले हिंसा प्रमाणित गर्ने बे लासम्ममा आफूलाई आमाका रूपमा पाइसकेका हुन्छन्। ती १० वर्षीय बालिका-आमाको हकमा पनि यही कुरा लागू भएको छ। उनलाई  बलात्कार गर्ने पुरुष फेला पर्न नसक्दा मुद्दाले आकार लिन सकेन जसका कारण उनले निश्चित समयमा गर्भपतन गराउन पाइनन्। प्रहरीले  अहिले उनीमाथि यौन हिंसा गर्ने पुरुषको खोजी गरिरहेको छ। मेक्सिकोमा गत वर्ष पनि एक ११ वर्षीय बालिकाले एक शिशुलाई जन्म दिएकी  थिइन्। उनी आफ्नै सौतेलो बाबुबाट यौन हिंसाको सिकार भएकी थिइन्। यौन हिंसा भएको ३ महिनाभित्र बालिकाले उजुरी गर्नुपर्नेमा सन्तान  जन्माउने क्रममा ९ महिना नाघेका कारण मुद्दा खारेज भएको थियो।

सर्वाधिक सस्तो ल्यापटप

भारतमा विश्वकै सर्वाधिक सस्तो भनी दाबी गरिएको ल्यापटप प्रयोगमा आएको छ। यसको नाम आकाश राखिएको छ। विद्यार्थीहरूलाई लक्षित  गरी निर्माण गरिएको उक्त ल्यापटपको मूल्य २ हजार २ सय ७६ भारतीय रुपैयाँ छ। त्यसमध्ये सरकारले ५० प्रतिशत अनुदान उपलब्ध  गराएर विद्यार्थीलाई १ हजार १ सय भारतीय रुपैयाँमा उक्त ल्यापटप बिक्री गर्न थालिएको छ। पहिलो चरणमा परीक्षणका लागि ५ सय  ल्यापटप वितरण गरिएको छ। 

बेलायतस्थित कम्पनी डाटाविन्ड र भारतकै राजस्थानको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीले संयुक्त रूपमा यसको निर्माण गरेका हुन्।  डाटाविन्डको उत्पादन केन्द्र भारतको हैदरावादमा छ। भारतमा निर्माण गरिएको भए पनि यसको २९ प्रतिशत पार्टपुर्जा दक्षिण कोरियाबाट, २४  प्रतिशत चीनबाट, १६ प्रतिशत अमेरिका र ५ प्रतिशत पार्टपुर्जा विभिन्न देशबाट लिइएका छन्। यसमा प्रयोग भएका १६ प्रतिशत पार्टपुर्जा  भने भारतीय छन्। 

आकाशमा ७ इन्चको टच स्क्रिन सुविधा छ। यसमा हार्ड डिस्क नभए पनि ३२ जिबीको हार्ड डिस्कलाई बाहिरी रूपमा जोड्न सकिन्छ। यसमा  २ युएसबी पोर्ट छ। यो  ल्यापटपमा ३ घण्टाको ब्याट्री ब्याकअप क्षमता छ। यसलाई सौर्य ऊर्जाको सहयोगले पनि चलाउन सकिन्छ। त्यसैगरी  यसमा वर्ड, एक्सेल, पावर प्वाइन्ट, पिडिएफ, ओपन अफिस, वेब ब्राउजर तथा जाभा स्क्रिप्ट पनि संलग्न छ। आकाशमा २ सय ५६ मेगाबिट्सको र्‍याम छ। त्यसैगरी एन्ड्रोइड २ दशमलव २ अपरेटिङ सिस्टमसहितको एआरएम ११ प्रोसेसर छ। यसमा जिप, अनजिप तथा भिडियो  स्ट्रिमिङको सुविधा पनि छ। इन्टरनेट सुविधासमेत उपलब्ध भएको आकाशमा मिडिया प्लेयर, भिडियो कन्फ्रेन्सिङ तथा मल्टिमिडिया कन्टेन्टको  सुविधा समेत पाइन्छ। 

मंगल ग्रहमा अर्को यान

अमेरिकी अन्तरिक्ष एजेन्सी -नासा) ले गत शनिबार अर्थात् नोभेम्बर २६ तारिखका दिन मंगल ग्रहमा अहिलेसम्मकै सर्वोत्कृष्ट रोबोटिक रोभर  पठाएको छ। अमेरिकाको केनेडी स्पेस सेन्टरबाट एट्लस भी रकेटको सहायताले त्यसलाई प्रक्षेपण गरिएको थियो। रोबोटिक रोभरको अर्थ रो बोट समान एक यन्त्र हो, जुन मंगल ग्रहमा पुगेर त्यसको चारैतिर घुम्नेछ। उक्त रोभरको नाम क्युरियोसिटी राखिएको छ। यो एक प्रकारको  यान हो। यसको आकार एउटा ठूलो कारजत्रै छ। यसको वजन करिब एक टन छ। यसमा ६ वटा पांग्रा छन्। यो एक प्रकारको प्रयोगशाला हो।  मंगल ग्रहको अध्ययनका लागि निर्माण गरिएको प्रयोगशाला  भएकाले यसलाई मार्स साइन्स ल्योबोरेटरी अर्थात् छोटकरीमा एमएसएल पनि  भनिन्छ। 

क्युरियोसिटी अहिलेसम्म मंगल ग्रहमा पठाइएका यानभन्दा ५ गुणा गर्‍हांै छ। यसले धूलो परेका चट्टानको समेत अध्ययन गर्न सक्छ। मंगल  ग्रहमा कुनै समयमा जीवनको अस्तित्व थियो कि थिएन भन्ने कुराको पत्ता लगाउनु नै क्युरियोसिटीको मुख्य लक्ष्य हुनेछ। यसले मंगल ग्रहमा  भएको माटोलाई एकत्रित गर्नेछ र क्यामेराको सहायताले त्यसको भित्री सतहको समेत स्क्यान गर्नेछ। क्युरियोसिटीमा प्लाटिनम ब्याट्री छ,  जसले लगातार १० वर्षभन्दा लामो समयसम्म काम गर्न सक्छ। यसका लागि छुट्टै ऊर्जाको आवश्यकता पर्दैन। 

सन् २०१२ को अगस्तमा यो रोभर मंगलको सतहमा उत्रनेछ। त्यसपछि यसले आफ्नो अध्ययन कार्य प्रारम्भ गर्नेछ। यसले अहिलेसम्मकै सवार् धिक स्पष्ट चित्र र दृश्य पठाउने र मंगल ग्रहको सतहमा कुनै समयमा जीवको अस्तित्व थियो कि थिएन भन्ने कुरा पत्ता लगाउन सहयोग  पुग्ने नासाको विश्वास छ। यसको सहयोगले भविष्यमा मंगल ग्रह कुनै प्राणी वा मानव जातिका लागि बसोबास योग्य हुन्छ कि हुँदैन भन्ने  कुरा अध्ययन गर्न सहयोग पुग्ने नासाको विश्वास छ। यो पूरा मिसनको कुल खर्च साढे २ अर्ब डलर छ। 

नासाले सन् १९९७ देखि मंगल ग्रहको अध्ययनका लागि अन्तरिक्ष यान पठाउन थालेको हो। अहिलेसम्म यसले ३ वटा यान पठाइसकेको छ।  सन् १९९७ मा पहिलो पटक पठाइएको सोजोर्नर नामक यान ६५ सेन्टिमिटर लामो थियो र त्यसको तौल पृथ्वीमा १० किलोग्राम थियो।  त्यसपछि सन् २००४ मा पठाइएका स्पिरिट र अपच्र्युनिटी उत्तिकै तौल र आकारका थिए। यिनको तौल १ सय ७० किलोग्राम थियो भने  लम्बाई १ दशमलव ६ मिटर थियो। यी सबैको तुलनामा क्युरियोसिटीलाई एक प्रकारको राक्षस नै मान्न सकिन्छ। यसको तौल ९ सय किलो ग्राम छ भने लम्बाई ३ मिटर। 

क्युरियोसिटीमा पहिलेका अन्तरिक्ष यानभन्दा नया प्रविधि प्रयोग गरिएको छ। पहिलेका तीन यान सोलार प्यानलद्वारा सञ्चालित थिए, तर  क्युरियोसिटी प्लुटोनियमद्वारा सञ्चालित छ, जसले गर्दा तीन प्रकारका फाइदा हुने वैज्ञानिकहरुको भनाइ छ। पहिलो यसले गर्दा अन्तरिक्षमा  पहिलेका भन्दा शक्तिशाली वैज्ञानिक उपकरण लान सकिन्छ। दोस्रो यसले मंगल ग्रहको चिसो सतहमा पनि काम गर्न सक्छ अनि तेस्रो पहिले को सोलार प्यानलमा जस्तो धुलोका कण जम्ने सम्भावना हँुदैन। यसरी धूलोका कण जम्दा सोलार प्यानलको कार्यक्षमता क्रमशः घट्दै जान्थ्यो,  जसले गर्दा पहिलेका यानहरुले बिस्तारै काम गर्न छाडेका थिए। 

क्युरियोसिटीको आकारका कारण भविष्यमा यसको विसर्जनमा पनि सहयोग पुग्नेछ। पहिलेका यानहरूलाई विसर्जन गर्न प्यारासुटको सहायताले  कुनै स्थानमा खसालेर यसलाई नष्ट गर्नुपथ्र्यो, तर क्युरियोसिटीलाई त्यस्तो गर्नुपर्ने आवश्यकता हुनेछैन। यसमा भएको स्काइक्रेनको सहायताले  मंगल ग्रहकै सतहको कुनै स्थानमा खाल्डो खनेर यसलाई विसर्जन गर्न सकिने विश्वास नासाका वैज्ञानिकहरूको छन्।

Wednesday, December 7, 2011

Knowledge

मानिसको आँखाको परेला वर्षमा ४२ लाख पल्ट झिम्किन्छ। महिलाको तुलनामा पुरुषहरू सानो अक्षर पढ्न सक्छन् भने महिलामा पुरुषको  तुलनामा बढी सुन्न सक्ने क्षमता हुन्छ। सरदर एक व्यक्तिले वर्षभरिमा १ हजार ४ सय ६० पटक सपना देख्छ। मानिसको करङ प्रत्येक  श्वास-प्रश्वासमा पटक-पटक चलिरहेको हुन्छ। मानिसको करङ वर्षमा ५ लाख पटक चल्छ। मानिसको औंठाछाप कसैसँग नमिले जस्तै  उनीहरूको जिब्रोको छाप पनि कसैसँग मिल्दैन। मुटुको धड्कन एक दिनमा १ लाख पटक धड्किन्छ।

निराशाबाट बच्ने २० उपाय

१.     असफलता हात लागेपछि निराश हुनुको सट्टा त्यसबाट सिक्नुपर्छ जसले गर्दा आउने समय राम्रो होस्।

२. निराशाले चारैतिरबाट घेरा हालेका बेला आफ्नो सफलता र उपलब्धिको सम्झना गर्नुपर्छ। आफ्नो असफलताका बारेमा सोचेर बस्नुहुँदैन।  अब केही पनि गर्न सकिँदैन भन्नुको साटो असफलतालाई खुसीसाथ स्वीकार गर्नुपर्छ। त्यसपछि एउटा नयाँ र राम्रो सुरुवातले तपाईंको बाटो  पर्खिरहेको छ।

३. नकारात्मक विचारधारा भएका मानिसहरूबाट पनि केही सिक्न सकिन्छ, जसरी रातपछि दिन आउँछ ठीक त्यस्तै असफलतापछि सफलता  मिल्छ।

४. कसैले आफ्नो आलोचना गर्छ भने त्यसमा पटक्कै ध्यान दिनुहुँदैन। बरु त्यो व्यक्तिका बारेमा सोच्नुपर्छ जसले आफूप्रति विश्वास गर्छ।

५. आलोचनाको सामना गर्नुपर्दा चुप लागेर बस्नुपर्छ आफूलाई राम्रो र सफल बनाएर आलोचकको मुख बन्द गर्न सकिन्छ।

६. बिहान उठेर पूर्णरूपमा काममा लाग्नुभन्दा पहिले मर्निङ वाक गनुपर्छ। मनमनै ती सबैलाई धन्यवाद दिनुपर्छ जसका कारण आफूले  सफलता प्राप्त गरिएको छ। बिहानको घुमफिरले मनमस्तिष्क स्वस्थ र ताजा हुन्छ अनि एउटा तन्दुरुस्त मस्तिष्कका साथ सफलतातर्फ  अग्रसर हुन सकिन्छ।

७. जब आफूलाई डरको आभास हुन्छ तब आफूप्रति विश्वास राख्नुपर्छ र आफ्नो विश्वासलाई आफ्नो  डरभन्दा ठूलो बनाउनुपर्छ, जसले  गर्दा विश्वास डरमाथि हावी होस्।

८. असफलताबाट अत्तालिनुको साटो त्यसबाट पाठ सिक्नुपर्छ, आफ्नो अहिलेसम्मको सफलतामा गर्व महसुस गर्नुपर्छ जसले गर्दा आफूभित्र  उत्साह र जोशको सञ्चार भैरहोस्।

९. जुनसुकै काममा हात हाल्दा त्यसमा आफ्नो सफलतालाई नै लक्ष्य मान्नुपर्छ। सफलताका लागि कसैसँग कुनै प्रकारको सम्झौता गर्नुहुँदैन।

१०. भूत र भविष्यको चिन्ता छोडेर आफ्नो वर्तमानमा पूरै ध्यान केन्दि्रत गर्नुपर्छ, किनभने न त कसैले आफ्नो विगतलाई बदल्न सक्छ, न  आउने समयलाई नै रोक्न सक्छ। वर्तमानका बारेमा सोच्नुपर्छ जसमा आफू बाँचिएको छ, किनभने यो समयमा जित हासिल गर्न सकिन्छ।

११. गुनासो गर्नुको साटो समस्याको समाधान खोज्ने प्रयास गर्नुपर्छ। यसले समस्याको स्थायी समाधान फेला पार्न सकिन्छ।

१२. जब आफ्नो सफलता प्रतिसन्देहको स्थिति उत्पन्न हुन्छ तब आफ्नो मनमस्तिष्कमा आउने नकारात्मक विचारलाई उखालेर फ्याँक्नुपर्छ  र सकारात्मक 

विचार भर्नुपर्छ।

१३. जब आफूलाई लाग्न थाल्छ कि सबै कुरा असम्भव हुँदै गएको छ भने के सोच्नुपर्छ  भने लगन र निष्ठाका बलमा सबैथोक सम्भव छ,  त्यसैले यसलाई सधैं कायम राख्नुपर्छ।

१४. लक्ष्यबाट बिमुख हुने स्थितिमा आफ्नो मुटुको गतिमाथि ध्यान केन्दि्रत गर्नुपर्छ। आफ्नो वरिपरिको वातावरणको अवलोकन गर्नुपर्छ।  आफ्नो दृष्टिकोणलाई स्पष्ट पार्दै त्यो सकारात्मक दिशातर्फ पाइला चाल्नुपर्छ, जुन आफूले आफ्ना लागि बनाइएको छ। ध्यान केन्दि्रत गर्नाले  लक्ष्य मात्र देखापर्छ।

१५. एक्लोपन महसुस भैरहेको छ भने ती सबै व्यक्तिलाई याद गर्नुपर्छ जो यहाँसम्म आफ्नो साथ हिँड्यो र जसले अहिले पनि आफूलाई  माया, स्नेह र सहयोग दिइरहेको छ। यसले एक्लोपन महसुस हुँदैन।

१६. जब लाग्छ कि आफ्नो लक्ष्यबाट विमुख हुन थालिएको छ वा फेरि जीवनमा लगातार हारको सामना गर्नुपरिरहेको छ भने आफ्नो मागर् दर्शन आफैँ गर्नुपर्छ।

१७. थाकेको वा हारेको महसुस हुन्छ भने मनमनै के सोच्नुपर्छ भने म कहिल्यै हिम्मत हार्दिनँ। बिना कुनै डर, हिचकिचाहट हिम्मतका साथ  ती सबै काम गर्नुपर्छ जुन आफूले गर्न चाहिएको छ।

१८. यो काम गर्न सक्दिनँ भन्ने महसुस हुँदा त्यो सकारात्मक शक्तिको सहयोग लिनुपर्छ  जसको सहयोग अहिलेसम्म लिँदै आइएको छ।

१९. जब परिस्थिति नियन्त्रणबाहिर गैरहेको छ र आफ्नो बसमा केही पनि छैन भने मात्र त्यसलाई नियन्त्रण गर्नुपर्छ, जुन गर्न सकिन्छ र  त्यसलाई छाडिदिनुपर्छ जुन आफ्नो नियन्त्रणबाट बाहिर गैसकेको छ। 

२०. कुनै कामलाई लिएर जब अधिक दबाबमा परिएको छ, लक्ष्य मात्र केही दूरीमा छ र प्रत्येकको आँखा आफूंमाथि छ भने नहडबडाइ बिना  कुनै मानसिक दबाब आफ्नो काम गम्भीरताका साथ सम्पन्न गर्नुपर्छ।