द्रुत गतिको तथा सबैभन्दा तिव्र गतिको कम्प्युटरको निमार्णको दौड
विश्वमा जारी रहेको छ। र यो दौड कहिल्यै समाप्त हुदैन पनि। प्रविधिहरु
दिनप्रतिदिन विकसित हुदै आइरहेका छन्। माइक्रोचिप्सहरु साना हुदै गइरहेका
छन्। प्रोसेसरको गति तथा क्षमतामा वृद्धि हुदै गइरहेको छ।
तर अहिले अमेरिकाले विश्वको सबैभन्दा द्रुत गतिमा चल्ने कम्प्युटरको
निमार्ण गरेको दाबी गरेको छ। उक्त सुपर कम्प्युटर क्यालिर्फोनिया स्थित
प्रयोगशालमा सोमबार सबैभन्दा उच्च गतिको कम्प्युटरको रुपमा नामाकरण गरिएको
छ। “सिक्वोया” नामक उक्त सुपर कम्प्युटरमा आइबिएम सिस्टम प्रयोग गरिएको छ।
जुनचाहि २० पेटाफ्लप कम्प्युटरको रुपमा बनेको छ। यसभन्दा अघि १६ पेटाफ्लपको
थियो जुन अहिलेसम्मकै छिटो गतिको हेको थियो भने यसलाई पछाडि पार्दै २०
पेटाफ्लपको अगाडि आएको छ। यो दौडमा चीन्ले केहि वर्ष पहिलो स्थान ओगटेको
थियो |
उक्त सिक्वोया सुपर कम्प्युटरले संसारका ६ अरब ७० करोड मानिसले प्रत्येक
सेकेन्ड ३२० वर्षसम्म क्यालकुलेटरमा गर्ने हिसाब १ घण्टामै गर्न सक्ने
दाबी गरिएको छ।
यो भन्दा अघिको सुपर कम्प्युटरको नाम ‘के’ कम्प्युटर रहेको थियो जुन हाल
जापानमा रहेको छ। सिक्वोया सुपर कम्प्युटर घरमा राख्न सकिदैन यसले लिने
स्पेस ४५ सय स्कावयर फिट रहेको छ। आणविक हातहतियारलाई व्यवस्थित गर्न यो
कम्प्युटरको प्रयोग हुने बताइएको छ।
Friday, December 21, 2012
कम्प्युटर जगतमा देखिएको प्रथम भाइरस
सन् १९८६ मा कम्प्युटर जगतमा प्रथम पटक भाइरस देखा परेको थियो । दिमाग
अथवा ब्रेन नामाकरण गरिएको उक्त कम्प्युटर भाइरसले फ्लपी डिस्क मार्फत
आफ्नो आक्रामक यात्रा तय गर्ने भएकोले त्यतिबेला उक्त भाइरसले जति तहल्का
मच्चाएको थियो त्यति मात्रामा आफ्नो प्रभुत्व जमाउन भने असफल भएका थिए ।
बुट सेक्टर भाइरस भएकैले प्रभावित फ्लपि डिस्कमा लुकेर बस्ने र उक्त डिस्क अर्को कुनै पनि नयाँ कम्प्युटरमा राख्दा पनि त्यसले तत्कालै आफ्नो उपस्थिति जनाउने गर्दथ्यो । हाल लुप्त भैसकेको यो भाइरस पहिलो कम्प्युटर भइरस भएर पनि अहिलेका कम्प्युटर भाइरस जस्ता अति नै हानिकारक तथा विकार सिर्जना गर्ने खालको भने थिएन ।
सन् १९८६, जनवरीमा पहिलो पटक देखा परेको यो भाइरस पाकिस्तानको एउटा सफ्टवेयरको सुरक्षाको लागि निर्माण गरेको हुन सक्ने अनुमान गरिएता पनि अझै सम्म यसको उद्गम स्थलको बारेमा पूर्ण रुपले स्पष्ट हुन सकिएको छैन । सन् १९८४ मा अमेरिकी कम्प्युटर वैज्ञानिक फ्रेड कोहेन ले कम्प्युटरलाई गलत आदेश दिन सक्षम तत्वलाई कम्पुटर भाइरस नामाकरण गरेका थिए । यसको २ वर्ष नबित्दै सन् १९८६ मा यस ब्रेन भाइरसको निर्माण भएको थियो ।
इन्टरनेटको विकाससँगै हालसम्म यस्ता विभिन्न भाइरसहरुले आफ्नो गति अति नै तिब्र बनाएका छन् र आफ्नो प्रभावलाई शक्तिशाली तुल्याइएका छन् । जसका कारण भर्खरै चलाउँदै गरेको कम्प्युटरको अपरेटिङ सिस्टम नै पुन:प्रतिस्थापन गर्नुपर्ने गरी आफ्नो हानीकारक प्रभाव देखाउन पछि परेका छैनन् ।

इन्टरनेटले कसरी काम गर्छ
हामी सबैले इन्टरनेट चलाउँदा ब्राउजरको address bar मा आफूले हेर्न
चाहेको वेबसाइटको ठेगाना टाइप गर्ने गर्दैछौ र केही बेर मै त्यस वेब पेज
देखा पर्ने गर्दैछ। झट्ट हेर्दा यो सब कुरा जादु जस्तो लाग्न सक्छ। यी सबै
वेबपेजहरु कहाबाट आउँछ त? आफूले चाहेको पेज देखाउन कम्प्युटरले के कस्तो
कामहरू गर्नु पर्छ त? यस बारेमा केही छलफल गरौँ।
सबै भन्दा पहिले वेब सर्भरको वारेमा जान्नु जरुरी हुन्छ। वेब सर्भर
भन्नाले त्यस्ता सर्भर कम्प्युटरहरूलाई जनाउँछ, जहाँ वेब पेजहरू राखिएको
हुन्छ, र कसैले त्यसमा रहेका वेब पेज हेर्न चाहेमा वेब सर्भरले त्यस
प्रयोगकर्तालाई वेब पेज पठाउने गर्दछ। उदाहरणको लागी नेपाली समाचारहरूको
वेबसाइट नेपालन्युज डट कम को वेब सर्भरमा त्यस वेबसाइटका आधारभूत पेजहरू
तथा सम्पूर्ण समाचारहरू भण्डारण गरेर राखिएको हुन्छ। यदि कसैले कुनै समाचार
हेर्न चाहेमा त्यस वेब सर्भरमा रहेको सफ्टवेयरले त्यस समाचारको पेज प्रदान
गर्ने गर्दछ। त्यस्तै गुगल सर्च वेब पेजले प्रयोगकर्ताले मागे अनुरुपको
सूचना दिने गर्दछ।
वेब सर्भरमा विभिन्न प्रकारका सफ्टवेयरहरूको प्रयोग गरिएको हुन्छ। एपाचे नामको सफ्टवेयर अहिले विश्वको प्रमुख वेब सर्भर सफ्टवेयरमा पर्दछ। यस बाहेक अन्य विभिन्न प्रकारका वेब सर्भर सफ्टवेयर पनि प्रयोग गरिएको हुन सक्छ। त्यस्तै यस वेब सर्भरमा राखिने पेजहरू HTML मा हुने गर्दछन्। HTML वेब पेजहरु बनाउने एउटा तरिका हो। यसलाई वेब पेजको कोड भन्न सकिन्छ। वेब सर्भरले यिनै वेब पेजको HTML कोड प्रयोगकर्तालाई दिने गर्दछ र प्रयोगकर्ताको ब्राउजरले त्यस कोडमा भएको सूचनालाई बुझिने गरि देखाउने गर्दछ। तर HTML मात्र प्रयोग गर्दा पेजहरू एक रुपका हुने हुनाले वेबपेजहरूलाई अझ बढि लचिलो तथा प्रयोगकर्ताले चाहेअनुरुप बनाउन PHP, ASP जस्ता अन्य कोडिङ प्रणालीहरूको पनि प्रयोग गरिएको हुन्छ। त्यस्तै वेब सर्भरमा सूचनाहरू भण्डारण गर्नका लागि डेटाबेसहरूको पनि प्रयोग गरिएको हुन्छ। यी सबै प्रणालीको प्रयोग गरेर वेब सर्भरले प्रयोगकर्ताले मागेअनुरुपको सूचना HTML प्रणालीमा दिने गर्दछ।
यो त भयो वेब सर्भरले काम गर्ने तरिका। तर ब्राउजरमा टाइप गरेको कुरा वेब सर्भर सम्म कसरी पुग्छ त? वेब पेजको ठेगाना टाइप गरेको केहीबेरमै पेज देखा पर्ने भए पनि यस बीचमा धेरै कार्यहरु भएको हुने गर्दछ। हामी सबैलाई थाहा छ कि कम्प्युटरले अंकहरू मात्र बुझ्ने गर्दछ र हामीले टाइप गर्ने www.google.com जस्ता ठेगानाहरू कम्प्युटरले सिधै बुझ्ने गर्दैन। कम्प्युटरले इन्टरनेटको ठेगानालाई चार अंकको रुपमा बुझ्ने गर्दछ। जस्तै www.google.com को ठेगाना कम्प्युटरले बुझ्ने भाषामा 74.125.19.99 हो। यस्ता ठेगानालाई IP Address भन्ने गरिन्छ। तर यस्ता अंकका ठेगानाहरू हामीलाई बुझ्न गार्हो हुने भएकाले मानिस र कम्प्युटरको दोभाषेको रुपमा name server नामक सर्भरले काम गर्ने गर्दछ। वेबसर्भरहरू विश्वको कुनै पनि स्थानमा इन्टरनेटमा जोडिएर रहेको हुने गर्दछ। यसरी हामीले टाइप गर्ने ठेगाना कम्प्युटरले बुझ्ने IP Address मा परिवर्तन भए पछि मात्र त्यस वेब सर्भर कता छ भन्ने कुरा थाहा हुन्छ र त्यस वेब सर्भर सम्म वेब पेजको request पुर्याउन सकिन्छ।
तर आफूले हेर्न चाहेको वेब पेजको request वेब सर्भर सम्म कसरी पुग्छ त? हामीले इन्टरनेट चलाउँदा हामीले हेर्न चाहेको वेब पेजको request सर्वप्रथम स्थानीय इन्टरनेट प्रदायक कम्पनी (अर्थात् ISP) सम्म पुग्ने गर्दछ। नेपालमा ISP को उदाहरणको रुपमा Worldlink वा Mercantile लाई लिन सकिन्छ। यस्ता ISP हरू क्षेत्रीय ISP सँग जोडिएका हुन्छन्। र ती विश्वस्तरीय ISP सँग जोडिएका हुने गर्दछन्। यसरी विश्व भरका कम्प्युटरहरू एक आपसमा जोडिएर रहेका हुने गर्दछन्। र यसैलाई नै इन्टरनेटको सञ्जाल भन्ने गरिन्छ। यसै सञ्जालको माध्यमद्वारा विश्वको कुनै पनि वेब सर्भर सम्म पुग्न सकिन्छ।
यसरी चाहिएको वेब सर्भरसम्म पुगिसकेपछि आफूले हेर्न चाहेको पेजको request त्यस वेब सर्भर समक्ष ब्राउजरले प्रस्तुत गर्ने गर्दछ। यसरी request प्रस्तुत गर्ने तथा सूचना प्राप्त गर्ने पनि एक निश्चित तरिका हुने गर्दछ, जसलाई protocol भन्ने गरिन्छ। विभिन्न कार्यको लागि विभिन्न प्रकारका protocol हरू हुने गर्दछन्। वेब पेजको लागि HTTP नामक protocol को प्रयोग गर्ने गरिन्छ। यस protocol मा रहि वेब सर्भरलाई ब्राउजरले प्रयोगकर्ताले हेर्न चाहेको पेजको माग गर्ने गर्दछ, र वेब सर्भरले ब्राउजरलाई उक्त पेज प्रदान गर्ने गर्दछ। यसरी प्राप्त भएको पेज ब्राउजरले प्रयोगकर्तालाई देखाउने गर्दछ।
source: www.livingwithict.com
सबै भन्दा पहिले वेब सर्भरको वारेमा जान्नु जरुरी हुन्छ। वेब सर्भर
भन्नाले त्यस्ता सर्भर कम्प्युटरहरूलाई जनाउँछ, जहाँ वेब पेजहरू राखिएको
हुन्छ, र कसैले त्यसमा रहेका वेब पेज हेर्न चाहेमा वेब सर्भरले त्यस
प्रयोगकर्तालाई वेब पेज पठाउने गर्दछ। उदाहरणको लागी नेपाली समाचारहरूको
वेबसाइट नेपालन्युज डट कम को वेब सर्भरमा त्यस वेबसाइटका आधारभूत पेजहरू
तथा सम्पूर्ण समाचारहरू भण्डारण गरेर राखिएको हुन्छ। यदि कसैले कुनै समाचार
हेर्न चाहेमा त्यस वेब सर्भरमा रहेको सफ्टवेयरले त्यस समाचारको पेज प्रदान
गर्ने गर्दछ। त्यस्तै गुगल सर्च वेब पेजले प्रयोगकर्ताले मागे अनुरुपको
सूचना दिने गर्दछ।वेब सर्भरमा विभिन्न प्रकारका सफ्टवेयरहरूको प्रयोग गरिएको हुन्छ। एपाचे नामको सफ्टवेयर अहिले विश्वको प्रमुख वेब सर्भर सफ्टवेयरमा पर्दछ। यस बाहेक अन्य विभिन्न प्रकारका वेब सर्भर सफ्टवेयर पनि प्रयोग गरिएको हुन सक्छ। त्यस्तै यस वेब सर्भरमा राखिने पेजहरू HTML मा हुने गर्दछन्। HTML वेब पेजहरु बनाउने एउटा तरिका हो। यसलाई वेब पेजको कोड भन्न सकिन्छ। वेब सर्भरले यिनै वेब पेजको HTML कोड प्रयोगकर्तालाई दिने गर्दछ र प्रयोगकर्ताको ब्राउजरले त्यस कोडमा भएको सूचनालाई बुझिने गरि देखाउने गर्दछ। तर HTML मात्र प्रयोग गर्दा पेजहरू एक रुपका हुने हुनाले वेबपेजहरूलाई अझ बढि लचिलो तथा प्रयोगकर्ताले चाहेअनुरुप बनाउन PHP, ASP जस्ता अन्य कोडिङ प्रणालीहरूको पनि प्रयोग गरिएको हुन्छ। त्यस्तै वेब सर्भरमा सूचनाहरू भण्डारण गर्नका लागि डेटाबेसहरूको पनि प्रयोग गरिएको हुन्छ। यी सबै प्रणालीको प्रयोग गरेर वेब सर्भरले प्रयोगकर्ताले मागेअनुरुपको सूचना HTML प्रणालीमा दिने गर्दछ।
यो त भयो वेब सर्भरले काम गर्ने तरिका। तर ब्राउजरमा टाइप गरेको कुरा वेब सर्भर सम्म कसरी पुग्छ त? वेब पेजको ठेगाना टाइप गरेको केहीबेरमै पेज देखा पर्ने भए पनि यस बीचमा धेरै कार्यहरु भएको हुने गर्दछ। हामी सबैलाई थाहा छ कि कम्प्युटरले अंकहरू मात्र बुझ्ने गर्दछ र हामीले टाइप गर्ने www.google.com जस्ता ठेगानाहरू कम्प्युटरले सिधै बुझ्ने गर्दैन। कम्प्युटरले इन्टरनेटको ठेगानालाई चार अंकको रुपमा बुझ्ने गर्दछ। जस्तै www.google.com को ठेगाना कम्प्युटरले बुझ्ने भाषामा 74.125.19.99 हो। यस्ता ठेगानालाई IP Address भन्ने गरिन्छ। तर यस्ता अंकका ठेगानाहरू हामीलाई बुझ्न गार्हो हुने भएकाले मानिस र कम्प्युटरको दोभाषेको रुपमा name server नामक सर्भरले काम गर्ने गर्दछ। वेबसर्भरहरू विश्वको कुनै पनि स्थानमा इन्टरनेटमा जोडिएर रहेको हुने गर्दछ। यसरी हामीले टाइप गर्ने ठेगाना कम्प्युटरले बुझ्ने IP Address मा परिवर्तन भए पछि मात्र त्यस वेब सर्भर कता छ भन्ने कुरा थाहा हुन्छ र त्यस वेब सर्भर सम्म वेब पेजको request पुर्याउन सकिन्छ।
तर आफूले हेर्न चाहेको वेब पेजको request वेब सर्भर सम्म कसरी पुग्छ त? हामीले इन्टरनेट चलाउँदा हामीले हेर्न चाहेको वेब पेजको request सर्वप्रथम स्थानीय इन्टरनेट प्रदायक कम्पनी (अर्थात् ISP) सम्म पुग्ने गर्दछ। नेपालमा ISP को उदाहरणको रुपमा Worldlink वा Mercantile लाई लिन सकिन्छ। यस्ता ISP हरू क्षेत्रीय ISP सँग जोडिएका हुन्छन्। र ती विश्वस्तरीय ISP सँग जोडिएका हुने गर्दछन्। यसरी विश्व भरका कम्प्युटरहरू एक आपसमा जोडिएर रहेका हुने गर्दछन्। र यसैलाई नै इन्टरनेटको सञ्जाल भन्ने गरिन्छ। यसै सञ्जालको माध्यमद्वारा विश्वको कुनै पनि वेब सर्भर सम्म पुग्न सकिन्छ।
यसरी चाहिएको वेब सर्भरसम्म पुगिसकेपछि आफूले हेर्न चाहेको पेजको request त्यस वेब सर्भर समक्ष ब्राउजरले प्रस्तुत गर्ने गर्दछ। यसरी request प्रस्तुत गर्ने तथा सूचना प्राप्त गर्ने पनि एक निश्चित तरिका हुने गर्दछ, जसलाई protocol भन्ने गरिन्छ। विभिन्न कार्यको लागि विभिन्न प्रकारका protocol हरू हुने गर्दछन्। वेब पेजको लागि HTTP नामक protocol को प्रयोग गर्ने गरिन्छ। यस protocol मा रहि वेब सर्भरलाई ब्राउजरले प्रयोगकर्ताले हेर्न चाहेको पेजको माग गर्ने गर्दछ, र वेब सर्भरले ब्राउजरलाई उक्त पेज प्रदान गर्ने गर्दछ। यसरी प्राप्त भएको पेज ब्राउजरले प्रयोगकर्तालाई देखाउने गर्दछ।
source: www.livingwithict.com
Subscribe to:
Comments (Atom)