कम्प्युटर ह्याकरहरूले
सेन्सरसिपबिनाको फ्ल्मि इन्टरनेट सञ्चालनका लागि अन्तरिक्षमा आफ्नै सञ्चार भूउपग्रह स्थापना
गर्ने भएका छन्। भखर् रै जर्मनीमा सम्पन्न भएको
ह्याकरहरूको सम्मेलनले पृथ्वीको कक्षमा आफ्नै सञ्चार भूउपग्रह स्थापनाका साथै
पृथ्वीमा पनि इन्टरनेटको ग्लोबल ग्रीड स्टेसन स्थापना गरिने निर्णय
गरेको छ। पृथ्वीमा स्थापना हुने स्टेसनले भूउपग्रहलाई दिशानिर्देश गर्नुका
साथै इन्टरनेट सञ्चार आदानप्रदान गर्नेछ। उक्त सञ्चार भूउपग्रहका
माध्यमबाट अन्तरिक्षमा आपmनै खर्चमा जान चाहने सौखिन खगोल वैज्ञानिक एवं
अन्तरिक्षयात्रीहरूलाई
समेत मद्दत पुर्याउने उद्देश्य राखिएको छ।
ह्याकरहरूका अतिरिक्त जनतालाई पनि परियोजनामा लगानी गर्न आह्वान गरिने भएको ह्याकरहरूकातर्फका एक अधिकारकर्मी निक फारले जर्मनीस्थित अन्तराष्ट्रिय सामाचार एजेन्सीहरूलाई जानकारी गराए। उनले अन्तरिक्षमा एक विशेष किसिमको सञ्चार भूउपग्रह स्थापनाका साथै पृथ्वीमा एउटा यस्तो इन्टरनेटको ग्रीड निर्माण गर्ने बताएका छन्, जुन सबै किसिमको नियन्त्रणबाट मुक्त हुनेछ।
भूउपग्रहलाई रिभर्स ग्लोबल पोजिसिनिङ सिस्टमका आधारमा सञ्चालन गरिनेछ, जसअन्तर्गत पृथ्वीमा तीनवटा प्रोटो टाईप आकारको इन्टरलिङ्क ग्रीड पनि तयार गरिनेछ। अन्तरिक्षसम्बन्धी काम गर्ने विज्ञहरूले शक्तिशाली राष्ट्रहरूले आपmनो कानुन प्रयोग गरी उक्त भूउपग्रह सञ्चालन हुन नदिने सम्भावना रहेको बताएका छन्।
ह्याकर कम्युनिटीका प्रवक्ता निक फारले अन्तरिक्षमा स्वतन्त्र भूउपग्रहको स्थापनाबाट अन्तरिक्षमा एउटा नयाँ अध्याय प्रारम्भ हुनेछ भन्ने प्रतिक्रिया दिएका छन्। त्यतिमात्र होइन, अन्तरिक्षमा सन् १९७० अघि जुन स्थिति थियो त्यही स्थिति सिर्जना गर्न चाहन्छौं,' निक फारले भने। ह्याकरहरूको यो कार्यबाट इन्टरनेट सञ्जालमा व्यापक स्तरमा नकारात्मक सुरक्षा समस्या उत्पन्न हुन सक्ने सम्भावना रहेको सरकारी अधिकारीहरूकोे तर्क छ।
ह्याकरहरूको समाजका प्रवक्ता निक फारले अमेरिकाले अनलाइन स्वतन्त्रतामाथि 'स्टप अनलाइन पाइरेसी ऐन' ल्याएर प्रतिबन्ध लगाउन खोजेको प्रतिक्रिया दिए। यो कानुन पास भए कपी राइटको बहानामा धेरै स्वतन्त्र साइटहरू बन्द हुने र अनलाइन स्वतन्त्रतामाथि बन्देज लाग्ने आरोपसमेत उनले लगाए।
ह्याकरहरूको अन्तरिक्ष अभियानले अगामी २३ वर्षमा सौखिन मानिसहरूलाई चन्द्रमामा पुर्याउने योजनासमेत बनाएको छ। ग्लोबल ग्राउन्ड ग्रीड निर्माण योजनामा कार्यरत २६ वषर्ीय अर्मिन बोअरले ह्याकरहरूको अन्तरिक्ष अभियान महत्वाकांक्षी र खर्चिलो भए पनि विभिन्न स्रोतबाट रकम जुटाउन लागिएको बताए। उक्त परियोजनामा जर्मन विद्यार्थीहरूको समेत सहयोग एवं सहभागिता छ। योजना पूरा भएपछि थोरै शुल्कमा अनलाइन नेटवर्क सुविधा वितरण गरिने भएको छ।
बर्लिन सम्मेलनमा ह्याकरहरूले सांगठनिक रूपमा एकीकृत भएको घोषणा समेत गरेका छन्, जसमा १५ सदस्यीय एक कार्यसमिति चुनिएको छ। ह्याकरहरूको एक दशक पुरानो चाओस कम्प्युटर क्लब नामक संस्थाको आयोजनामा विश्वभरका ह्याकरहरू पहिलो पटक बर्लिन कन्प|mे न्समा औपचारिक रुपमा भेला भएका थिए।
ह्याकरहरूको ध्यान अब स्मार्ट फोनतर्फ
स्मार्ट मोबाइल फोनलाई अहिलेसम्म अत्यन्त सुरक्षित अनलाइन कारोबार एवं सञ्चार साधन मानिन्छ, तर ह्याकरहरूले अब स्मार्ट फोनलाई पनि आपmनो हमलाको निशाना बनाउन थालेका छन्। अमेरिकामा मात्र प्रतिमिनेट १ सय १३ वटा स्मार्ट मोबाइल फोनमाथि हमला हुने गाटर् नर नामक संस्थाले गरेको एक सर्वेक्षणले देखाएको छ। स्मार्ट फोन सिस्टमबाट सामान खरिद-बिक्री, बैंक ब्यालेन्स ट्रान्सफर, चेक भुक्तानी, राजस्व चुक्ता, खाता सञ्चालनजस्ता आर्थिक कारोबार व्यापक मात्रामा हुन थालेपछि स्मार्ट फोनका डाटा एवं पासवर्ड चोरी हुन थालेको भक्सा इन्क नामक संस्थाको अध्ययनको निष्कर्ष छ।
ह्याकरहरूले जुन २००४ मा सबैभन्दा पहिले मोबाइल भाइरस सार्वजनिक गरेका थिए। कम्प्युटर र मोबाइलसम्म मात्र सीमित भाइरसको मुख्य निसाना अब स्र्माट फोन एप्लिकेसन त्यसमध्ये पनि गुगलको एन्ड्रोइड सपmटवेयर बन्न पुगेको छ। गुगलको एन्ड्रोइड एप्लिकेसन अहिलेसम्म करोडौंको संख्यामा डाउनलोड भैसकेको छ।
विश्वका अधिकांश स्मार्ट मोबाइल फोन तथा टेबलेटहरू सुरक्षित छैनन्। कुल संख्यामा ५ प्रतिशतभन्दा पनि कम स्मार्ट फोन र टेबलेटमात्र सुरक्षित छन्। क्रिप्जोन नामक संस्थाका प्रमुख कार्यकारी पिटर डेभिनले भने, 'थाहै नपाई मोबाइलको डाटा चोरिएको हुन सक्छ।' उनले भने- 'यदि स्मार्ट फोनको कुनै एप्लिकेसन वा सिस्टमले काम गर्दैन वा एप्लिकेसन सफ्टवेयर हराएको छ भने आफ्नो मोबाइलभित्रको संवेदनशील डाटा चोरी भैसकेको हुनसक्छ।' डेलोटी नामक संस्थाले गरेको एकहप्ते अध्ययनमा सन् २०१२ मा मिडिया र टेलिकम क्षेत्रका डाटाहरू उच्च जोखिममा पर्ने स्थिति रहेको देखाएको छ।
मोबाइल फोनमा हमलाको तरिका पहिलेकै जस्तो छ। यदि कुनै वेबसाइट खोलेर कुनै एप्लिेकेसन डाउनलोड गर्दै हुनुहुन्छ भने पक्कै तपाईंले सेक्युरिटी सफ्टवेयर पनि डाउनलोड गर्नुहुन्छ वा भाईसर क्लियर गर्नुहुन्छ। यदि त्यसो हो भने बुझ्नुहोस् तपाईंको मोबाइलबाट डाटा चोरी हुने सम्भावना बढेको छ। संस्थाले स्मार्ट फोन चलाउनेहरूलाई सुरक्षित र सचेत रहन भनेको छ।