Monday, March 19, 2012

सय वर्षीयालाई ग्य्राजुएसन सर्टिफिकेट

टेक्सासकी एक सय वषर्ीया वृद्धाले ग्य्राजुएसन डिग्री हासिल गर्ने सपना पूरा गरेकी छन् । थेलमा डायस नामक ती वृद्धा युवावस्थामै ग्य्राजुएसन पूरा गर्न चाहन्थिन् । अनेक बाधा व्यवधानका कारण उनको सपना अधुरै थियो । तर, जीवनको अन्तिम क्षणमा भए पनि उनले आफ्नो सो सपना पूरा गरेकी छिन् ।

डायसा टेक्सासकी सबैभन्दा वृद्धा महिला हुन् । त्यो सहरमा उनीभन्दा जेठो कोही पनि छैनन् । सन् १९११ को १४ अपि्रलमा जन्मिएकी उनले आठ कक्षापछि अध्ययनलाई अघि बढाउन सकेकी थिइनन् । अध्ययन पूरा गर्न नसकेकोमा सधँै थकथकी मान्ने गरेकी उनले आखिरमा आफ्नो इच्छा पूरा गरेरै छाडिन् । उनले केही वर्षअघि दिएको एउटा अन्तर्वार्तामा आफूले युवावस्थामा कमजोर आर्थिक स्थितिका कारण पढाइ छाडी काम खोज्नुपरेको बताएकी छन् ।

टेक्सास सिटी इन्डिपेन्डेन्ट स्कुल डिस्टि्रक्ट सुपरिटेन्डेन्ट बब ब्रान्डे्रटले डायसको अन्तर्वार्ता पढेर उनको सपना पूरा गरिदिनतिर लागेका थिए । उनले डायसालाई अनरी हाइस्कुल डिप्लोमा दिने व्यवस्था मिलाए । डायसालाई जुन ३ तारिखमा क्लास अफ २०११ ग्य्राजुएसन सेरोमोनीमा डिप्लोको सर्टिफिकेट दिइँदै छ । स्कुल डिस्टि्रक्ट महिला प्रवक्ता मेलिसा टोरटोरिसीले डायसालाई डिग्रीका अलावा एउटा क्याप र गाउनसमेत दिइने बताएकी छन् । उनले डिग्री हासिल गरेको मजा पूर्ण रूपले लिन सकून् भनेर यसो गर्न लागिएको बताइएको छ । 

Tuesday, March 13, 2012

मिस्ट्री स्पट

क्यालिफोर्नियाको शान्त कुन्जमा रहेको एउटा पर्यटक स्थलले गुरुत्वाकर्षणको नियमलाई चुनौती दिएको छ । मिस्ट्री स्पट नामक सो ठाउँ १५० फिट ब्यासमा फैलिएको छ । सन् १९३९ मा पत्ता लागेको यो स्थान १९४० देखि आममानिसका लागि खुला गरिएको थियो । मिस्ट्री स्पटका सञ्चालकले उक्त स्थानमा फिजिक्स र गुरुत्वाकर्षणको नियम गलत साबित हुने दाबी गर्दै आएका छन् ।

मिस्ट्री स्पटका सञ्चालकले आफ्नो दाबी प्रमाणित गर्नका लागि विभिन्न प्रकारका प्रयोग गर्दै आएका छन् । त्यहाँको भिरालो जमिनमा मान्छे सीधासँग उभिन सक्छ । त्यति मात्रै होइन, त्यहाँका घरका भित्तामा मान्छे आरामले हिँड्न सक्छन् । त्यहाँ कुनै वस्तु कतै ढल्कँदैन ।
मान्छे सो स्थानमा त्यस्ता अचम्मका क्रिया हुनुलाई विभिन्न कोणले व्याख्या गर्छन् । कोही अर्का दुनियाँबाट आएका एलियन्सले त्यहाँ आफ्नो यानको चमत्कारी घातु गाडेर गएको र त्यसकै प्रभावले त्यहाँ गुरुत्वाकर्षणको नियम गलत हुन पुगेको बताउँछन् । अनि केहीले भने त्यहाँको जमिनबाट कार्बनडाइअक्साइड निस्कने र त्यसकै प्रभाव पर्ने अनुमान गर्छन् । कोहीले भने त्यहाँ अनेक विधि अपनाइएको छ । फरक-फरक मान्छेले फरक-फरक अनुमान लगाउने गरे पनि वास्तविकता के हो भन्ने अहिलेसम्म पत्ता लागेको छैन ।