विश्वका धेरै देशमा सरकारविरुद्ध विभिन्न सशस्त्र समूह संघर्षरत छन् र त्यस्ता विद्रोही समूहविरुद्ध लड्न सरकारले विभिन्न उपाय अपनाउने गरेका छन्। कतिपय देशले घातक तथा विध्वंसकारी हतियार खरिद गरेर विद्रोहीको मुकाबिला गरिरहेका छन्, तर कोलम्बिया सरकारले भने देशमा क्रियाशील वामपन्थी फार्क विद्रोहीविरुद्ध लड्न अनौठो उपाय अपनाएको छ। कोलम्बिया सरकारले विद्रोहीविरुद्ध लड्न मुसाको फौजलाई तालिम दिइरहेको छ। विद्रोहीहरू गुरिल्ला युद्धमा सक्रिय रहेका र उनीहरूले थाप्ने विद्युतीय धराप धनजनको क्षतिको मुख्यकारक बनिरहेको अवस्थामा सुरक्षा निकायले बारुदी सुरुङ पत्ता लगाउने तालिम सेता मुसाको एक समूहलाई दिइरहेको छ। मुसाका लागि चलिरहेको तालिम पूरा भएपछि पोख्त भएका मुसाको फौजलाई ंहिंसाग्रस्त क्षेत्रमा खटाइनेछ, जहाँ उनीहरूले बारुदी सुरुङ बिछयाइएका क्षेत्रको पहिचान गरेर सुरक्षाफौजलाई जानकारी दिनेछन्।
No comments:
Post a Comment