विश्वमा सबैभन्दा बढी हेरिने वेवसाइट हो गुगल । गुगलका नियमित प्रयोगकर्ता प्रति महिना ९० करोड भन्दा बढी छन् । एक सेकेण्डमा गुगलले करिब ५५ हजार नेपाली रुपैयाँ कमाउँछ । गुगलले आफ्नो आम्दानीको करिब ९७ प्रतिशत हिस्सा विज्ञापनवाट उठाउँछ ।
गुगलपछि सबैभन्दा बढी हेरिने अर्को साईट हो फेसबुक । यसका करिब ७० करोड मासिक प्रयोगकर्ता छन् । धेरै हेरिने साईट भएपनि आम्दानीका हिसाबले यो गुगल भन्दा निकै पछि छ । फेसबुकको प्रति सेकेण्ड आम्दानी करिब २२ सय नेपाली रुपैयाँ रहेको छ । फेसबुकको पनि आम्दानीको मुख्य श्रोत विज्ञापन नै हो ।
त्यसैगरी याहु सबैभन्दा धेरै हेरिने तेश्रो साईटमा पर्छ । याहुका लगभग ५० करोड मासिक प्रयोगकर्ता छन् । याहुको प्रतिसेकण्ड आम्दानी भने करिब १५ हजार नेपाली रुपैयाँ रहेको छ । न्युज, मेल, म्याप, मुभिज लगायतका विभिन्न सेवा रहेको याहुको आम्दानीमा पनि विज्ञापनको ठूलो भूमिका छ ।
करिब ४५ करोड मासिक प्रयोगकर्ता रहेको युट्युव सबैभन्दा बढी हेरिने वेवसाईटको चौथो नम्बरमा पर्छ । यसको प्रतिसेकण्ड आम्दानी करिब ११ सय रुपैयाँ छ । युट्युवमा निशुल्कः भिडियो अपलोड गरेर शेयर गर्न पनि सकिन्छ । यसको पनि आम्दानीको श्रोत भनेको बिज्ञापन नै हो ।
माथि उल्लेखित साईटको तुलनामा थोरै प्रयोगकर्ता भएपनि सबैभन्दा धेरै कमाउने साईट चाँहि अमाजन हो । करिब ३२ करोड ५० लाख मासिक प्रयोगकर्ता रहेका अमाजनको प्रतिसकेण्ड आम्दानी भने करिब ५७ हजार नेपाली रुपैयाँ छ । अमाजनले इन्टरनेट मार्फत किताव तथा विभिन्न सामानहरुको विक्री गर्छ ।
No comments:
Post a Comment