अमेरिकाको म्यासाच्युट्स इन्स्टिच्युट्स अफ टेक्नोलोजीको मिडिया ल्याबमा
कार्यरत तीनजना वैज्ञानिकहरुले विश्वकै सबैभन्दा उच्च गतिको क्यामेरा
निर्माण गरेका छन्। भारतीय मूलका सहप्राध्यापक रमेश रास्कर तथा एन्डि्रया
वेल्टन र माउंगी बावेन्दी द्धारा बनाइएको उक्त क्यामेराले एक सेकेण्डमा १
खर्ब वटा तस्वीर खिच्न सक्ने बताइएको छ।
प्रकाशको गतिमा रहेको कुनैपनि वस्तुको समेत तस्वीर खिच्न सक्ने यो क्यामेराको निर्माण गर्न २ करोड रुपैयाँ भन्दा बढि खर्च भएको छ। वैज्ञानिकहरुले यसको नाम द वल्र्ड स्लोवेस्ट फास्टेस्ट क्यामरा राखेका छन्।
विश्वमा हालसम्म सबैभन्दा बढी क्षमताको क्यामेराले एक सेकेण्डमा २५ वटासम्म तस्वीर खिच्न सक्छ। यो क्यामेरा सबैभन्दा तेज टि भि क्यामेरा भन्दा ४० अर्ब गुणा बढी क्षमता रहेको छ।
यसले प्रकाशको सबैभन्दा सुक्ष्म तरंग (फोटोन) लाई समेत क्याप्चर गरी डाटालाई आफ्नो सफ्टवेयरमा रेकर्ड गर्छ ।

No comments:
Post a Comment