ब्रम्हाण्डको उत्पत्तीबारे अनुसन्धान ‘महाप्रयोग’मा जुटिरहेका
वैज्ञानिकहरुले ब्रम्हाण्ड तथा सृष्टिको रचना गर्ने अद्भुत तत्व फेला परेको
दाबी गरेका छन् । वैज्ञानिकहरुले स्विजरल्याण्ड र फ्रान्सको सिमा
क्षेत्रमा २७ मिटर लामो सुरुङ भित्र अनुसन्धान गरिरहेका थिए।
उनिहरुले हिग्स बोसोन भनिने अद्भुत तत्व देखा परेको बताएका छन्।
अहिलेसम्म अदृश्य र अज्ञात तत्वको रुपमा रहेको हिग्स बोसोनको एक झलक आफुहरुले देखेको र यसलाई यकिन गर्न गाह्रो भएको वैज्ञानिकहरुले बताएका छन्। यसको लागी आउँदो महिना अर्को अध्ययन गर्ने वैज्ञानिकहरुको भनाइ छ ।
हिग्स बोसोनका कारण कुनैपनि पदार्थमा पिण्ड सिर्जना हुने र यसकै कारण सृष्टिको रचना समेत सम्भव भएकाले त्यसलाई इश्वरीय तत्व अर्थात ‘गड पार्टिकल’ समेत भन्ने गरिएको छ ।
यस तत्वको खोजीमा सफलता मिलेमा वैज्ञानिकहरुले ब्रम्हाण्डको उत्पत्तीका विषयमा रहेका विभिन्न रहस्य खुल्दै जाने बताएका छन्।

No comments:
Post a Comment